सेफ सन्तोषलाई अदालतले एक वर्षअघि नै सुनाएको थियो एक महिना कैद सजाय

जिल्ला अदालत काठमाडौंले ३० जेठ २०८२ मा साहलाई बैंकिङ कसुर मुद्दामा एक महिना कैद र एक लाख २५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।

असार १, २०८३

कान्तिपुर संवाददाता

The court sentenced Safe Santosh to one month in prison a year ago.

काठमाडौं — सेफ सन्तोषका रूपमा चर्चित सन्तोष साह एक वर्षअघि नै बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भइसकेको खुलेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जारी गरेको विज्ञप्तिअनुसार जिल्ला अदालत काठमाडौंले ३० जेठ २०८२ मा साहलाई बैंकिङ कसुर मुद्दामा एक महिना कैद र एक लाख २५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।

प्रहरीका अनुसार, सेफ सन्तोषसँगै दिलिपकुमार साह, रामहित साह, नारायण साहलाई अदालतले सजाय सुनाएको थियो ।

प्रहरीका अनुसार साहलाई शनिबार अर्को उजुरीका आधारमा जनकपुरबाट पक्राउ गरिएको हो । रेस्टुरेन्ट बिक्री गरेबापतको रकम नदिएको भन्दै सकुन्तला थापा अधिकारीले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउपछि अदालतले साहलाई थप अनुसन्धानका लागि ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । साहले ‘मिथिला थाली’ नामक रेस्टुरेन्ट सञ्चालन गर्दै आएका थिए ।

The court sentenced Safe Santosh to one month in prison a year ago.

कान्तिपुर

Link copied successfully