बिहीबार अपराह्न १ बजे बाटिक एयरको उडानबाट मलेसियाको क्वालालम्पुर जान लागेका उनीहरू अन्तर्राष्ट्रिय प्रस्थान क्षेत्रमा प्रस्थान कक्षमा झोला जाँचका क्रममा पक्राउ परेका हुन् ।
काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३१ लाख ५१ हजार रुपैयाँसहित दुई बंगलादेशी नागरिक पक्राउ परेका छन् । बिहीबार अपराह्न १ बजे बाटिक एयरको उडानबाट मलेसियाको क्वालालम्पुर जान लागेका उनीहरू अन्तर्राष्ट्रिय प्रस्थान क्षेत्रमा प्रस्थान कक्षमा झोला जाँचका क्रममा पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा ३९ वर्षीय मोहम्मद इन्ताजअली र ५० वर्षीय महम्मद जाकिर हुसैन रहेका छन् । निज इन्ताजअलीले ३८ पटक र हुसैनले ११ पटक नेपाल आवातजावत गरेको पाइएको छ ।
सुटकेशभित्र फल्स बटम बनाई लुकाइछिपाइ लैजान लागेको अवस्थामा नगदसहित फेला परेका उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए ।
