मारिया अस्पतालमा मेडिकल काउन्सिलको सिलबन्दी

नेपाल मेडिकल काउन्सिलले बालुवाटारस्थित ‘मारिया हस्पिटल’ (मारिया हेल्थ सेन्टर प्रा.लि.) मा सिलबन्दी गरेको छ । अस्पतालले आवश्यक अनुमति र क्लिनिकल मापदण्ड नै पूरा नगरी गैरकानुनी रुपमा सञ्चालन भइरहेको पाइएपछि काउन्सिलले सिलबन्दी गरेको हो ।

जेष्ठ २८, २०८३

कान्तिपुर संवाददाता

Medical Council seals Maria Hospital

काठमाडौँ — नेपाल मेडिकल काउन्सिलले बालुवाटारस्थित ‘मारिया हस्पिटल’ (मारिया हेल्थ सेन्टर प्रा.लि.) मा सिलबन्दी गरेको छ । अस्पतालले आवश्यक अनुमति र क्लिनिकल मापदण्ड नै पूरा नगरी गैरकानुनी रुपमा सञ्चालन भइरहेको पाइएपछि काउन्सिलले सिलबन्दी गरेको हो । 

काउन्सिलले गरेको स्थलगत अनुगमनका क्रममा अस्पतालले विदेशी चिकित्सकहरूमार्फत अवैध रूपमा बिरामीको स्वास्थ्य परीक्षण गराइरहेको भेटिएपछि कानुनी कारबाही अघि बढाइएको बिहीबार एक सूचना जारी गर्दै जानकारी दिइएको हो । 

यस्तै काउन्सिलले उक्त अस्पतालको सेवामा संलग्न तीन जना चिनियाँ चिकित्सकहरुको अस्थायी दर्ता पनि तत्कालका लागि निलम्बन गरेको छ । उक्त संस्थाको बोर्डमा नाम राखेर आचारसंहिता उल्लंघन गरेको आरोपमा नेपाली चिकित्सकहरुलाईसमेत तीन दिनभित्र लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ । 

काउन्सिलले जारी गरेको सूचनामा उक्त अस्पताललाई भौतिक रुपमै बन्द गर्न र सञ्चालकहरुविरुद्ध कानुनी कारबाही अघि बढाउन जिल्ला प्रशासन र जिल्ला प्रहरी परीसर काठमाडौंलाईसमेत पत्राचार गरिसकिएको उल्लेख । यस्तै भिसा सर्तविरुद्ध कार्य गर्ने विदेशी नागरिकहरुको गैर-पर्यटकीय भिसा र श्रम इजाजत खारेजीका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा विस्तृत प्रतिवेदन पठाइएको छ ।

Medical Council seals Maria Hospital

कान्तिपुर

Link copied successfully