पूर्वगृहमन्त्री एवं रास्वपा सांसद सुधन गुरुङको सम्पत्ति छानबिन गर्न गठित समितिले 'क्लिनचिट' दिएको थियो ।
काठमाडौँ — मन्त्रीपरिषद् बैठकले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि गरिएको छानबिन प्रतिवेदन स्वीकार गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको प्रतिवेदन स्वीकार गर्ने भएको हो ।
करिब तीन सातापछि २८ वैशाखमा मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य थिए । उक्त समितिले गुरुङलाई 'क्लिनचिट' दिएको थियो । लगत्तै उनलाई आजै गृह मन्त्रालयमा फर्काउने तयारी पनि सरकारले गरेको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार गुरुङलाई आजै गृहमन्त्रीमा शपथ गराउने तयारी गरिएको छ ।
पूर्वगृहमन्त्री एवं रास्वपाका सांसद गुरुङको सम्पत्ति छानबिन गर्न गठित समितिले शुक्रबार प्रधानमन्त्री वालेन्द्र शाहलाई प्रतिवेदन बुझाएको थियो । समितिले सम्पत्ति र आम्दानीको हकमा अस्वभाविक नदेखिएको भनी प्रतिवेदन दिएको थियो ।
