शय्या संख्याअनुसार शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थामाथि कारबाहीको निर्णय

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले शय्या संख्याअनुसार बुझाउनुपर्ने शुल्क नतिर्ने ११ वटा स्वास्थ्य संस्थालाई कारबाही गर्ने निर्णय गरिएको जानकारी दिएका छन् ।

जेष्ठ २६, २०८३

रासस

Decision to take action against 11 health institutions for not paying fees according to the number of beds

काठमाडौँ — स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ११ स्वास्थ्य संस्थालाई कारबाही गर्ने निर्णय गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले शय्या संख्याअनुसार बुझाउनुपर्ने शुल्क नतिर्ने ११ वटा स्वास्थ्य संस्थालाई कारबाही गर्ने निर्णय गरिएको जानकारी दिएका छन् । उनका अनुसार ती संस्थाबाट एक करोड ७८ लाख ८४ हजार असुल गर्ने निर्णय गरिएको छ ।

मन्त्रालयले स्वास्थ्य क्षेत्रमा सुशासन, पारदर्शिता र कानुनी जवाफदेहिता सुनिश्चित गर्ने उद्देश्यका साथ उक्त निर्णय कार्यान्वयन प्रक्रियामा अघि बढाएको उनले बताए । महालेखा परीक्षकको प्रतिवेदनले औँल्याएका विषयलाई सम्बोधन गर्दै बक्यौता रकम असुली प्रक्रिया अगाडि बढाइएको मन्त्रालयले जनाएको छ । 

रासस

Link copied successfully