दीपक भट्ट र शुलभ अग्रवाललाई ३ दिन थुनामै राख्न अनुमति

भट्टलाई आठौँ पटक र अग्रवालको हकमा नवौँ पटक म्याद थप भएको हो ।

जेष्ठ २५, २०८३

दुर्गा दुलाल

Permission to keep Deepak Bhatt and Shulav Agarwal in custody for 3 days

काठमाडौं — विशेष अदालतले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग ) मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका दीपक भट्ट र शुलभ अग्रवाललाई ३ दिन म्याद थप गरेको छ ।

भट्टको हकमा आठौँ पटक र अग्रवालको हकमा नवौँ पटक म्याद थप भएको हो । विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले उनीहरूलाई पुन: थुनामा राख्ने अनमुति दिएको हो ।

दुर्गा दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully