सुलभ अग्रवाल र दीपक भट्टको घर तथा हिमालय रि–इन्स्युरेन्समा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

अग्रवाल शंकर ग्रुपअन्तर्गत जगदम्बा होल्डिङ्सका अध्यक्ष हुन् भने दीपक भट्ट इन्फिनिटी होल्डिङ्सका प्रमुख हुन्।

वैशाख २, २०८३

मातृका दाहाल

Money Laundering Investigation Department raids Sulabh Agarwal and Deepak Bhatt's homes and Himalaya Reinsurance

काठमाडौँ — सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका सुलभ अग्रवाल र दीपक भट्टको घर तथा हिमालय रि–इन्स्युरेन्समा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ।अग्रवाल शंकर ग्रुपअन्तर्गत जगदम्बा होल्डिङ्सका अध्यक्ष हुन् भने दीपक भट्ट इन्फिनिटी होल्डिङ्सका प्रमुख हुन्।

‘सत्ता–शक्ति’मा रहेका दलका नेता, सार्वजनिक ओहदाधारी पदाधिकारी तथा कर्मचारीलाई ‘हातमा लिएर’ ठूला सार्वजनिक खरिदका ठेक्का, जलविद्युत्, बैंक/बीमालगायत कम्पनीका लाइसेन्स हात पार्नेदेखि वार्षिक बजेटमा समेटिने करका दर हेरफेरसम्मका सन्दिग्ध गतिविधिमा संलग्न रहेको आरोप उनीमाथि लाग्दै आएको छ।

भट्ट चैत १९ मा र अग्रवाल २१ चैतमा पक्राउ परेका थिए । इन्फिनिटी होल्डिङ्स र शंकर ग्रुपबीच भएको शंकास्पद आर्थिक कारोबार अनुसन्धानका क्रममा सुरुमा शंकर अग्रवाल पक्राउ परेका थिए भने त्यसको तेस्रो दिनमै सुलभ पक्राउ परेका थिए ।  

सम्बन्धित समाचार 

दीपक भट्ट–सुलभ अग्रवालः कोरोना कालमा साथ, ३७३ करोडको सेयर कारोबारमा अन्तर्घात

 

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully