‘नेपाली ब्रो’ जोडिएको हत्या प्रकरणमा थप ३ जना पक्राउ

उनीहरुलाई कम्तीमा ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिइसकेको छ ।

जेष्ठ २४, २०८३

कान्तिपुर संवाददाता

3 more people arrested in murder case linked to 'Nepali Bro'

काठमाडौँ — ‘नेपाली ब्रो’ भनिने कुमार थापा मगरले श्रीमतीलाई हत्या गरेको प्रकरणमा थप तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटका विक्रम थापा मगर, काठमाडौंका पूजन थापा क्षेत्री र जुम्ला घर भएकी प्रतीक्षा आचार्य छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, परिवारले घटनामा संलग्न भन्दै दिएको किटानी जाहेरीका आधारमा अरु ३ जना पनि पक्राउ परेका हुन् । उनीहरुलाई कम्तीमा ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिइसकेको छ ।

थापाले २२ जेठको राति साढे ९ बजे उनकी श्रीमती इश्वरी भुजेललाई रड प्रहार गरेर हत्या गरेका थिए । उनलाई उपचारका लागि अस्पताल लगिए पनि उपचारका क्रममा मृत्यु भएको थियो ।

यो घटना हुनुअघि उनीहरु सम्बन्धविच्छेद गर्ने तयारीमा थिए । सामाजिक सञ्जालमा चर्चामा रहेका ‘नेपाली ब्रो’ जोडिएको यो घटनापछि पूर्वगृहमन्त्री एवं रास्वपा सांसद् सुधन गुरुङले प्रहरी वृत्त, बालाजु पुगेर घटनाबारे जानकारी लिएर निष्पक्ष अनुसन्धान गर्न माग गरेका थिए । 

कान्तिपुर

Link copied successfully