श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ पक्राउ

घरायसी विवादका क्रममा थापाले रड प्रहार गर्दा गम्भीर घाइते भएकी भुजेलको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ।

जेष्ठ २३, २०८३

इकान्तिपुर डेस्क

'Nepali bro' arrested for murdering wife

काठमाडौँ — ‘नेपाली ब्रो’ भनेर चिनिने ४२ वर्षीय कुमार थापाले आफ्नी ४२ वर्षीया श्रीमती ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरी हत्या गरेका छन्।

काठमाडौंको तारकेश्वर नगरपालिका–६, लोलाङ पैँयुटारमा बस्ने उनीहरूबीच घरायसी विवादका क्रममा थापाले रड प्रहार गर्दा गम्भीर घाइते भएकी भुजेलको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ।

थापालाई पक्राउ गरी प्रहरी वृत्त बालाजुमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

थापाले आफूलाई बडिबिल्डर बताउथे भने भुजेल नेपाली सेनामा कार्यरत थिइन्।

इकान्तिपुर

Link copied successfully