परराष्ट्रमन्त्री खनाल र भारतका विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

भेटवार्ताका क्रममा उनीहरूबीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल (कनेक्टिभिटी), ऊर्जा तथा जनस्तरका सम्बन्धलगायत विषयमा छलफल भएको बताइएको छ ।

जेष्ठ २३, २०८३

रासस

Meeting between Foreign Minister Khanal and Indian External Affairs Minister Jaishankar

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस जयशंकरबीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ ।

उनीहरूबीच आज साँझ नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् । भेटवार्ताका क्रममा उनीहरूबीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल (कनेक्टिभिटी), ऊर्जा तथा जनस्तरका सम्बन्धलगायत विषयमा छलफल भएको बताइएको छ ।

परराष्ट्रमन्त्री खनाल विदेशमन्त्री जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा यही जेठ २२ देखि २४ गतेसम्म भारतको औपचारिक भ्रमणका लागि शुक्रबार नयाँ दिल्ली गएका थिए ।

भ्रमणका क्रममा शुक्रबार परराष्ट्रमन्त्री खनाल र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालेबीच भेटवार्ता भएको थियो । परराष्ट्रमन्त्री खनालले शुक्रबार नै नयाँ दिल्लीमा इन्डिया फाउन्डेसनद्वारा आयोजित एक कार्यक्रममा सम्बोधन गरेका थिए । उनी भ्रमण सम्पन्न गरी आइतबार काठमाडौं फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

रासस

Link copied successfully