सर्वोच्चले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल वायु सेवा निगमको छनोट समितिका नाममा अन्तरिम आदेश जारी गरेको हो ।
काठमाडौँ — सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको सञ्चालक समिति पदाधिकारी छनोट विवादमा अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासले समिति सदस्य छनोट प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश दिएको हो । सरकारले आवेदन माग गरी प्रतिस्पर्धाबाट वायु सेवा निगमका सदस्यहरू र अध्यक्ष चयन गर्ने तयारी गरिरहेको समयमा सर्वोच्चले यस्तो आदेश गरेको हो ।
निगमको सञ्चालक समितिमा प्रतिस्पर्धामार्फत छनोट गरिँदै गर्दा आफूलाई अन्यायपूर्वक बाहिर पारिएको दाबीसहित उपेन्द्रबहादुर कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सोही मुद्दामा दोस्रो सुनुवाइपछि अदालतले अन्तरिम आदेश जारी गरेको हो ।
सर्वोच्चले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल वायु सेवा निगमको छनोट समितिका नाममा अन्तरिम आदेश जारी गरेको हो ।
