विभागले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दियाका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
काठमाडौं — जल तथा मौसम विभागले आगामी ३ दिन मधेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा मध्यम तातो हावाको लहर चल्ने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ । यस अवधिमा कोशी, बागमती, गण्डकी र सुदूरपश्चिका तराई भू-भागका केही स्थानमा पनि तातो हावा चल्ने विभागको पूर्वानुमान छ ।
विभागले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दियाका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
यस्तै अद्यावधिक रहनुपर्ने जिल्लाहरूमा झापा, सुनसरी, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), कैलाली र कन्चनपुर रहेका छन् ।
विभागका अनुसार ती जिल्लाहरूमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा बढी रहने सम्भावन रहेको छ ।