सशस्त्र प्रहरीको हेडक्वार्टरभित्र आगलागी

सशस्त्र प्रहरी जवानको ब्यारेक भवन नजिकै रहेको कार्यालय छेऊमा आगलागी हुँदा अमेरिकाले सहयोगस्वरुप दिएको केही गाडी जलेका छन् ।

जेष्ठ २०, २०८३

कान्तिपुर संवाददाता

Fire breaks out inside Armed Police Headquarters

काठमाडौं — सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोकभित्र रहेको सवारी शाखामा आगलागी भएको छ ।  सवारीसाधन पार्क गरेर राखेको ठाउँमा आगलागी हुँदा कम्तीमा ५ वटा गाडी जलेको सशस्त्र प्रहरी स्रोतले कान्तिपुरलाई बतायो । 

सशस्त्र प्रहरी जवानको ब्यारेक भवन नजिकै रहेको कार्यालय छेऊमा आगलागी हुँदा अमेरिकाले सहयोग स्वरुप दिएको केही गाडीसमेत जलेका छन् । आगलागी सुरु भएको केही समयमै जानकारी भएलगत्तै नियन्त्रणका लागि दमकल हेडक्वार्टरमा पुगेको थियो । 

'समयमै नियन्त्रणमा लिन सकेका कारण धेरै क्षति हुन पाएन, नभए आसपासमै महत्वपूर्ण भवनहरू भएकाले धेरै क्षति हुनसक्थ्यो,' सशस्त्र प्रहरीका एक उच्च अधिकृतले भने । 

आगलागीको कारण खुलेको छैन । एक अधिकृतले भने विद्युत् सर्ट भएको हुनसक्ने प्रारम्भिक सूचना रहेको दाबी गरे ।

कान्तिपुर

Link copied successfully