उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले मनमैजुमा लागुऔषध कारोबारीलाई समात्दा हात्तीको दाह्रा पनि फेला परेको हो ।
काठमाडौँ — लागुऔषध कारोबारको सूचना पाएर खटिएको प्रहरी टोलीले अवैध हात्तीको दाह्रा फेला पारेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले मनमैजुमा लागुऔषध कारोबारीलाई समात्दा हात्तीको दाह्रा पनि फेला परेको हो । ‘१५० वटा ट्रामाडोल फेला पारेपछि एक जनालाई पक्राउ गरेका थियौं, त्यसपछि खनतलासी गर्दा दुर्लभ वस्तु भेटिएको हो, यद्यपि त्यसको परीक्षण हुन बाँकी छ,’ उनले कान्तिपुरसँग भने ।
अनुसन्धानमा संलग्न अधिकृतहरुले त्यो सामान जेन-जी आन्दोलनका बेला चोरिएको हुनसक्ने आशंका गरेका छन् । कहाँबाट चोरी भएको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए । ‘पक्राउ परेका व्यक्ति अहिले पनि नसामै छन्, त्यसैले विस्तृत सोधपुछ गर्न बाँकी नै छ,’ खड्काले भने ।
प्रारम्भिक सोधपुछका आधारमा प्रहरीले हात्तीको दाह्राका अरु भाग फरक-फरक व्यक्तिसँग भएको सूचना पाएको छ । त्यसको आधारमा थप केही व्यक्तिहरुसमेत पक्राउ परेको प्रहरीको भनाइ छ । थप अनुसन्धान भइरहेको छ ।
