सर्वेक्षण सकेपछि दुरी छनोट विधिबाट आहारा प्रजातिको संख्या निकालिने निकुञ्जले जनाएको छ ।
चितवन — चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजातिको सर्वेक्षण सुरु गरिएको छ ।
नवलपरासीको त्रिवेणीदेखि रौतहटसम्म बाघ गणना भएका क्षेत्रमा ४ सय ट्रान्जिट बनाएर आहारा प्रजातिको सर्वेक्षण जेठ १ देखि सुरु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले बताए।
जरायो, चित्तल, लगुना, रतुवा, गौरीगाई, बँदेल, निलगाई र बाँदर बाघको आहारा प्रजाति हुन् । शुक्लाफाँटा, बाँके र बर्दियामा चौका र बाह्रसिंगे समेत बाघको आहारा प्रजातिको रुपमा छन् ।
सर्वेक्षण सकेपछि दुरी छनोट विधिबाट आहारा प्रजातिको संख्या निकालिने मगरले जानकारी दिए । 'निकुञ्जमा सर्वेक्षण सकिएसँगै अध्ययनको काम सुरु हुनेछ,' उनले भने, 'यससँगै बाघका लागि आवश्यक आहारा प्रजाति जोगाउन के गर्न सकिन्छ भन्ने अध्ययनका लागि सहज हुन्छ ।'
