केभीकेएसएसले ल्यान्डमार्क एकेडेमीलाई २२–१४ र भ्याली पब्लिकले विजेश्वरीलाई ३४–२४ स्कोरले पराजित गरे ।
काठमाडौं — केभीकेएसएस र भ्याली पब्लिक दोस्रो तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गर्ल्सतर्फ क्वाटरफाइनल पुगेका छन् ।
केभीकेएसएसले ल्यान्डमार्क एकेडेमीलाई २२–१४ र भ्याली पब्लिकले विजेश्वरीलाई ३४–२४ स्कोरले पराजित गरे । केभीकेएसएसकी खुशी मिफोकले १० र भ्यालीकी सोनीमाया तामाङले ११ स्कोर जोडे ।
गर्ल्समै बागमतीले केजीएसलाई ५३–४३, फेरिल्यान्डले आयोजक तेजस्वी ‘बी’ लाई २०–१२ र इडेन ब्रिज एकेडेमी (इबीए) ले हिमशीलालाई २४–१५ ले हराएर क्वाटरफाइनलमा पुगे । बागमतीकी सिद्धिका शर्माले १६, फेरिल्यान्डकी सायना माझीले ७ र ईबीएकी सन्जिला मगरले ११ स्कोर गरे ।
क्वाटरफाइनलमा ईबीए र संस्कृति शिक्षासदन, केभीकेएसएस र बेलमोन्ट, भ्याली पब्लिक र बागमती तथा फेरिल्यान्डले तेजस्वी ‘ए’ बीच प्रतिस्पर्धा हुनेछ ।
ब्वाइजमा भ्याली पब्लिकले ईबीएलाई ४५–३४, जेबी स्कुलले एन्जल्स हार्टलाई ४४–३७, संस्कृतिले ज्ञान संस्कारलाई २८–१६ र केभीएसले केजीएसलाई ४५–३० स्कोर हराएर प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
