'(लिपुलेक, लिम्पियाधुरा) यस सम्बन्धी हामीएले भारत र चाइनालाई मात्रै नभएर इंग्ल्यान्ड सरकारसँग पनि कुरा गरेका छौं ।'
काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विवाद संवादबाट समाधान हुने बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले उक्त कुरा बताएका हुन् ।
प्रधानमन्त्री शाहले भारत र चीनलाई कूटनीतिक नोट पठाइसकियो र जवाफ पनि प्राप्त भएको बताए । एमाले संसदीय दलका उपनेता पद्मा अर्यालले लिपुलेक र लिम्पियाधुरा भएर भारत र चीनले व्यापार गर्ने विषयमा प्रश्न गरेकी थिइन् ।
जवाफमा प्रधानमन्त्री शाहले भनेका थिए, 'नेपाल सरकारले अफिसियल रूपमा डिप्लोमेटिक नोट भारत सरकारलाई पठाइसकेको छ र त्यसको जवाफ पनि आएको छ । त्यो जवाफमा दुवै सरकारले आफ्नो इतिहासविद्हरू राखेर आफ्ना सर्भेयरहरू राखेर आफ्नो भूमि सम्बन्धी जानकारी भएका व्यक्तिहरू राखेर टेबल टकमार्फत यो कुरालाई समाधान गर्ने कुरा भएको छ ।'
लिपुलेक सीमा विवादबारे चीन र बेलायतसँग पनि कूटनीतिक संवाद भएको प्रधानमन्त्री शाहले बताए । उनले भने, 'यस सम्बन्धी हामीएले भारत र चाइनालाई मात्रै नभएर इंग्ल्यान्ड सरकारसँग पनि कुरा गरेका छौं । उहाँहरूले ब्रिटिस इन्डिया छोड्दै गर्दाखेरिको समस्य अहिलेसम्मा हाम्रोमा भइरहेको हुँदचाखेरि इंग्ल्यान्डले पनि सरोकार राख्नुपर्छ भन्ने हमाम्रो मान्यता हो । यो सबै कुराहरू टेबल टक, डिप्लोमेटिक हिसाबले भएर समाधान हुने जानकारी गराउन चाहन्छु ।'
प्रधानमन्त्री शाहले नेपालले भारतको भूमि मिचेको कुरा पनि उठेकाले त्यसको समाधान दुवै देश मिलेर गर्ने उनले बताए ।
