किसानलाई मलको अभाव हुन नदिन सरकारको विशेष ध्यानाकर्षण भएको छ : मन्त्री चौधरी

बुधबार सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा मन्त्री चौधरीले किसानलाई मलको अभाव हुन नदिन सरकारले हालै भारतसँग ५० हजार मेट्रिक टन मल खरिद गर्ने प्रक्रिया सुरू गरिसकेको जानकारी पनि दिइन् ।

जेष्ठ १३, २०८३

न्युज एजेन्सी नेपाल

The government has drawn special attention to prevent farmers from facing fertilizer shortage: Minister Chaudhary

काठमाडौँ — कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले किसानलाई मलको  अभाव हुन नदिन सरकारको विशेष ध्यानाकर्षण भएको बताएकी छिन् । 

बुधबार सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा मन्त्री चौधरीले किसानलाई मलको अभाव हुन नदिन सरकारले हालै भारतसँग ५० हजार मेट्रिक टन मल खरिद गर्ने प्रक्रिया सुरू गरिसकेको जानकारी पनि दिइन् ।

मध्यपूर्वमा देखिएको द्वन्द्वका कारण मलको उत्पादन र आपूर्तिमा समस्या आएको  उनको भनाइ थियो । 'नेपाल सरकारले लागत सहभागिताको आधारमा अनुदानमा किसानलाई रसायनिक मल उपलब्ध गराउँदै आएको जानकारी गराउन चाहन्छु ।

चालु आर्थिक वर्षमा हालसम्म ५ लाख ५४ हजार ७६२ मेट्रिक टन रासायनिक मल आपूर्ति भइसकेको छ भने ४ लाख ६३ हजार १६० मेट्रिक टन किसानलाई बिक्री गरिसकिएको छ । गोदाममा रहेको र नेपाल भित्रि सकेको गोदाम इन्ट्री हुन बाँकि रहेको हाल एक लाख ४४ हजार ५८५ मेट्रिक टन मत मौजाद रहेको छ,' मन्त्री चौधरीले भनिन् । 

चालु आर्थिक वर्षको असारसम्मको अवधिमा करिब ६ लाख मेट्रिक टन किसानलाई अनुदानमा मल उपलब्ध गराइने मन्त्री चौधरीले भनिन् । 

धान रोपाइँको सिजनमा मलको अभाव नहोस् भनेर मन्त्रालयको विशेष ध्यानाकर्षण भएको पनि उनले बताइन् । मल आपूर्तिको सम्झौता  भइसकेका आपूर्तिकर्ताहरूलाई समयमा नै मल आपूर्ति गर्नका लागि मन्त्रालयले ताकेता गरेको पनि मन्त्री चौधरीले बताइन् ।

भारतसँग जीटुजी माध्यमबाट ५० हजार मेट्रिक टन मल खरिद गर्न मन्त्रिपरिषद्‍बाट सैद्धान्तिक स्वीकृति प्राप्त गरी सोहीअनुसार मलको खरिद प्रक्रिया सुरू गरिएको मन्त्री चौधरीको भनाइ छ । 

न्युज

Link copied successfully