रास्वपाका सांसद्हरुदेखि इन्फ्लुएन्सरसम्मलाई अनुसन्धान गर्न सिफारिस [सूची]

रास्वपा सभापति रवि लामिछाने नख्खु कारागारबाट निस्किएको घटनामा पार्टीका सांसद् एवं जिम्मेवार नेता मनिष झा र हरि ढकाललाई शंकाको दायरामा राखेर सूक्ष्म अनुसन्धान गर्नुपर्ने भनिएको छ ।

जेष्ठ १३, २०८३

गौरव पोखरेल

Recommendations to investigate everything from RSP MPs to influencers [List]

What you should know

काठमाडौँ — २३ र २४ भदौको घटनामा मानव अधिकार उल्लंघन भएकोबारे छानबिन गर्न गठित समितिको प्रतिवेदन सार्वजनिक भएको छ । समितिले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई नयाँ कानुन बनाएर कारबाही अघि बढाउन सिफारिस गरेको छ ।

वहालवाला आईजीपीद्वय दानबहादुर कार्की र सशस्त्र प्रहरी प्रमुख नारायणप्रसाद पौडेललाई समेत विभागीय कारबाहीको सिफारिस गरिएको छ । त्यसबाहेक रास्वपाका कतिपय सांसद्हरुमाथि नै अनुसन्धान गर्न समेत सिफारिस गरेको छ । सिफारिस हुने सांसद्हरुमा पुरुषोत्तम यादव, गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, राजीव खत्री, केपी खनाल, दिपक बोहरा, कृष्ण कार्कीलगायत छन् ।

रास्वपा सभापति रवि लामिछाने नख्खु कारागारबाट निस्किएको घटनामा पार्टीका सांसद् एवं जिम्मेवार नेता मनिष झा र हरि ढकाललाई शंकाको दायरामा राखेर सूक्ष्म अनुसन्धान गर्नुपर्ने भनिएको छ । त्यसपछि दोषी पत्ता लगाएर कारबाही गर्न भनिएको छ ।

मानवअधिकार उल्लंघनकर्ताः

१. तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली

२. तत्कालीन गृहमन्त्री रमेश लेखक

३. तत्कालीन सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ

(नयाँ कानुन बनाएर कारबाही गर्न सिफारिस)

मानवअधिकार उल्लंघनकर्ता (विभागीय कारबाही सिफारिस)

१. दानबहादुर कार्की, तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) (हाल प्रहरी महानिरीक्षक)

२. ओमविक्रम राणा, प्रहरी नायब महानिरीक्षक (डीआईजी)

३. विश्व अधिकारी, तत्कालीन काठमाडौं प्रहरी प्रमुख एसएसपी

४. नारायणप्रसाद पौडेल, तत्कालीन एआईजी, सशस्त्र प्रहरी (हाल सशस्त्र प्रहरी महानिरीक्षक)

५. जीवन केसी, सशस्त्र प्रहरी, एसपी

६. कृष्ण खनाल, तत्कालीन निर्देशक, राष्ट्रिय अनुसन्धान विभाग

७. छविलाल रिजाल, तत्कालीन प्रमुख जिल्ला अधिकारी, काठमाडौं

८. २३ भदौमा बानेश्वर र संसद् भवनमा खटिएका प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका फिल्ड कमाण्डर ।

मानवअधिकार उल्लंघनकर्ता (भविष्यमा कुनै सरकारी जिम्मेवारी नदिनू)

१. चन्द्रकुवेर खापुङ, तत्कालीन नेपाल प्रहरी प्रमुख

२. राजु अर्याल, तत्कालीन सशस्त्र प्रहरी प्रमुख

३. हुतराज थापा, तत्कालीन राष्ट्रिय अनुसन्धान विभाग प्रमुख

सेनालाई सचेत गराउने

१. सिंहदरबारभित्र रहेको सेनाको गणका तत्कालीन प्रमुख

२. शीतलनिवासस्थित सेनाका तत्कालीन कमाण्डर

थप अनुसन्धान गर्न सिफारिस

१. पुरुषोत्तम यादव

२. सबल गौतम,

३. अंकित मल्ल

४. खेमराज साउद

५. हामी नेपालका अध्यक्ष सुधन गुरुङ

६. गणेश कार्की

७. सुलभ खरेल

८. बब्लु गुप्ता

९. रक्षा बम

१०. कृष्ण कार्की

११. डा. तोषिमा कार्की

१२. राजीव खत्री,

१३. शोम शर्मा,

१४. केपी खनाल,

१५. दिपक बोहरा

१६. मनिष झा

१७. ज्याला संग्रौला

१८. हेमराज थापा,

१९. विमल पन्त

२०. खेमराज साउद

२१. पुरुषोत्तम यादव,

२२. सुधन गुरुङ

२३. अमनप्रताप अधिकारी

२४. विवेक थपलिया

२५. सिसन बानियाँ

२६. आशिका तामाङ

२७. असिममान बस्नेत

२८. भाग्य न्यौपाने

२९. टंक दाहाल

३०. भिक्टर पौडेल

३१. अंकित मल्ल

३२. उमेश बोहरा

३३. शिव यादव

३४. विनोद देउवा

३५. सरुवा सुनुवार

३६. भीम उपाध्याय

३७. रविकिरण हमाल

३८. हरि ढकाल

३९. निश्चल बस्नेत

४०. सुशीला कार्की

४१. ओमप्रकाश अर्याल

४२. गौरीबहादुर कार्की

४३. पशुपति खड्का

४४. दुर्गा प्रसाईं

४५. उर्जा बराल

४६. जेरी ताम्राकार

४७. हेमसागर विद्रोही

४८. बुद्ध छिरिङ

४९. सन्तोष राजावादी

५०. अमित खनाल

५१. दिपक देवकोटा

५२. गौरव बराल

५३. हिमानी राज्यलक्ष्मी सिंह

५४. निशान मैनाली

थप अनुसन्धान गर्न सिफारिस

१. हिंसात्मक व्यवहार गर्न उक्साउने टीओबी समूह ।

२. गोली चलाउने सुरक्षाकर्मीको विषयमा सुक्ष्म अनुसन्धान गरी कारबाही ।

३. रवि लामिछाने कारागारबाट बाहिर निस्किनुमा तत्कालीन सांसद् तथा रास्वपाका नेताहरु मनिष झा, हरि ढकालमाथि अनुसन्धान गर्न सिफारिस

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

Link copied successfully