जेन-जी घटनामा ओली, लेखक र गुरुङले मानव अधिकार हनन गरेको भन्दै कारबाहीको सिफारिस 

मानव अधिकार आयोगको प्रतिवेदनमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वसूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले मानव अधिकार उल्लंघन गरेको उल्लेख छ।

जेष्ठ १३, २०८३

कान्तिपुर संवाददाता

Recommendation for action against Oli, Lekhak and Gurung for violating human rights in Gen-G incident

काठमाडौं — राष्ट्रिय मानव अधिकार आयोगले २३ र २४ भदौको जेन-जी घटनाको छानबिनसम्बन्धी प्रतिवेदनको संक्षिप्त अंश सार्वजनिक गरेको छ । आयोगले बुधार सरकारलाई सिफारिस पठाउँदै प्रतिवेदनको केही अंश सार्वजनिक गरेको हो । 

आयोगको प्रतिवेदनमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वसूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले मानव अधिकार उल्लंघन गरेको उल्लेख छ । आयोगले उनीहरुसहित अन्यलाई पनि आयोगले जिम्मेवारी र भूमिका अनुसार कारवाही सिफारिस गरेको छ । 

आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा भदौ २३ र २४ को घटनामा मानव अधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न गठित समितिको प्रतिवेदनका आधारमा आयोगले त्यसबेला सरकारको नेतृत्वमा रहेका ओली, लेखक र गुरुङलाई मानव अधिकार उल्लंघनकर्ताका रूपमा किटान गरेको हो ।

आयोगले मानव अधिकार उल्लंघनका घटनामा कारबाही गर्ने कानुन बनाउँदा बढीमा ६ महिना कैद वा ३ लाखसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था राख्न पनि सिफारिस गरेको छ । आयोगले कारवाहीका लागि सिफारिस गरेका यस्ता विषयहरूको मुद्दा विशेष अदालतले हेर्ने व्यवस्था मिलाउन समेत सिफारिसमा भनेको छ ।

कान्तिपुर

Link copied successfully