भदौ २४ को घटना पूर्वयोजनाअनुसार संगठित रूपमा गरिएको आपराधिक कार्य : आयोग

राष्ट्रिय मानव अधिकार आयोगले भन्यो - 'उक्त दिनका प्रायः सबै घटनालाई आपराधिक गतिविधिको रुपमा हेरी र सम्बोधन गर्नुपर्ने देखियो ।'

जेष्ठ १३, २०८३

कान्तिपुर संवाददाता

Bhadra 24 incident was a pre-planned and organized criminal act: Commission

काठमाडौँ — जेन-जी प्रदर्शनका क्रममा गत भदौ २४ मा भएका घटनालाई पूर्वयोजनाअनुसार गरिएका संगठित आपराधिक योजना भएको राष्ट्रिय मानव अधिकार आयोगले ठहर गरेको छ । 

भदौ २३ र २४ को जेन-जी आन्दोलनको घटनासम्बन्धी आन्दोलनबारेको रिपोर्ट सार्वजनिक गर्दै आयोगले उक्त ठहर गरेको हो । 'भदौ २४ को घटना २३ गतेको घटनाबाट प्रभावित आक्रोशित व्यक्तिको कारणले सुरुवात भएको देखिए तापनि २४ को घटनाको प्रकृति अवस्था एकै समयमा, एकै उद्देश्य लिई देशैभरि भएको देखिँदा यी घटनाहरू अगाडिदेखि नै गरिएको पूर्वयोजनाअनुसार संगठनिक रुपमा गरिएको आपराधिक कार्य हुन् भन्नेमा अनुसन्धान प्रतिवेदनको रायलाई अन्यथा भनिरहनु पर्ने अवस्था देखिएन,' आयोगको प्रतिवेदनमा लेखिएको छ । 

भदौ २४ का सबै घटनालाई आपराधिक गतिविधिको रूपमा हेर्नुपर्ने आयोगको भनाइ छ । 'उक्त दिनका प्रायः सबै घटनालाई आपराधिक गतिविधिको रुपमा हेरी र सम्बोधन गर्नुपर्ने देखियो,' आयोगको प्रतिवेदनमा उल्लेख छ । 

कान्तिपुर

Link copied successfully