‘ग्यालेक्सी फोके’ टीभीलाई १५ दिनभित्र घरभाडा बुझाएर सामान लैजान महानगरपालिकाको सूचना

काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै टीभीका अध्यक्ष जीबी राईलाई घरभाडा तिरेर कार्यालयमा रहेका सम्पूर्ण सरसामान हटाउन भनेको हो ।

जेष्ठ १२, २०८३

कान्तिपुर संवाददाता

Metropolitan Municipality issues notice to 'Galaxy Folke' TV to pay rent and move goods within 15 days

काठमाडौँ — काठमाडौं महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित ‘ग्यालेक्सी फोके टेलिभिजन’लाई कार्यालयमा रहेका सम्पूर्ण सामान १५ दिनभित्र हटाइसक्न सूचना जारी गरेको छ।

मंगलबार महानगरपालिकाले सूचना जारी गर्दै टिभीका अध्यक्ष गितेन्द्र बाबु राईलाई घर भाडा तिरेर कार्यालयमा रहेका सम्पूर्ण सरसामान हटाउन भनेको हो । 

काठमाडौं महानगरपालिका–३ का मृगेन्द्र प्रसाद मिश्रसमेतले ‘भाडा असुल उपर गरी घर जग्गा खाली गराई पाउँ’ भनेर दिएको निवेदनमा महानगरपालिकाको न्यायिक समितिले २०८१ कात्तिक १४ गते नै घर जग्गाको बहाल रकम र बहाल कर स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ बमोजिम प्रतिवादीबाट भराई घरजग्गा समेत खाली गराइदिने निर्णय गरेको थियो ।

यस्तै, २०८२ साउन २८ गते उच्च अदालत पाटनले (दुई) महिनाभित्र न्यायिक समितिबाट भएको निर्णय कार्यान्वयन गर्न काठमाडौं महानगरपालिका समेतको नाममा परमादेशको आदेश जारी पनि भएको थियो । अदालतको आदेश बमोजिम मिति २०८२ कात्तिक १४ गते महानगरको डोर खटी गई निर्णय कार्यान्वयन गरिएको थियो ।

निर्णय कार्यान्वयन गरेको ६ महिना पूरा भएपछि मिश्रले वैशाख २१ गते फेरि निवेदन दिएपछि १५ दिनभित्र घरधनीलाई बुझाउनुपर्ने बहाल रकम बुझाई आफ्नो सर समान लैजान सूचना जारी भएको हो ।

Metropolitan Municipality issues notice to 'Galaxy Folke' TV to pay rent and move goods within 15 days

कान्तिपुर

Link copied successfully