सरकारी साक्षीले बयान बदलेपछि भ्रष्टाचार मुद्दा

अख्तियारले सरकारी साक्षीहरूले अनुसन्धानका क्रममा दिएका बयान अदालतमा फेरेको पाएपछि उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

जेष्ठ १२, २०८३

कान्तिपुर संवाददाता

Corruption case after government witness changes statement

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान बदलेको भन्दै तीन जना सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले ढुण्डिराज दाहालले घुस लिई भ्रष्टाचार गरेको भनिएको मुद्दामा बयान बदलेको भन्दै सरकारी साक्षीहरू प्रह्लाद गौतम, विप्लव पोख्रेल र राजेश श्रेष्ठविरुद्ध विशेष अदालतमा मंगलबार भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । 

पोखरेलविरुद्ध ५६ हजार ३ सय ५०, गौतमविरुद्ध ३७ हजार ५ सय र श्रेष्ठविरुद्ध २७ हजार ३ सय ५० बिगो मागदाबी गरिएको छ । 

यी तीनै जनाले प्रतिवादी दाहाललाई घुस दिएको कसुर पुष्टि भए पनि अनुसन्धानका क्रममा अनुसन्धान अधिकृतलाई सहयोग गरेकाले भ्रष्टाचार निवारण ऐन-२०५९ अनुसार सजायमा पूर्ण छुट दिई प्रतिवादी नबनाइएको अख्तियारले जनाएको छ ।

तर विशेष अदालतमा गत वैशाख २५ गते बकपत्र गर्दा अनुसन्धान अधिकृतसमक्ष गरेको बयान प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएको अख्तियारको आरोपत्रमा उल्लेख छ । 

Corruption case after government witness changes statement

कान्तिपुर

Link copied successfully