सरकारका प्रवक्ता भन्छन् : प्रधानमन्त्रीले आवश्यकता अनुसार बोल्नुहुन्छ

आवश्यकता अनुसार प्रधानमन्त्रीज्यूले सम्बोधन गर्नुपर्ने ठाउँमा गर्नुहुन्छ : सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेल

जेष्ठ ११, २०८३

कान्तिपुर संवाददाता

Government spokesperson says: Prime Minister speaks as needed

काठमाडौँ — सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाह आगामी गणतन्त्र दिवसमा नबोल्नेबारे मन्त्रिपरिषद्‌मा कुनै छलफल नभएको र आवश्यकता अनुसार बोल्ने दाबी गरेका छन् । मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो जवाफ दिएका हुन् ।

गणतन्त्र दिवसमा प्रधानमन्त्री शाहले सम्बोधन गर्ने, नगर्नेबारे पत्रकारले सोधेको प्रश्नमा उनले यस्तो जवाफ दिएका हुन् ।

‘आजको मन्त्रिपरिषद् बैठकमा त्यस बारेमा छलफल भएको छैन । आवश्यकता अनुसार प्रधानमन्त्रीज्यूले सम्बोधन गर्नुपर्ने ठाउँमा गर्नुहुन्छ,’ उनले भने ।

कान्तिपुर

Link copied successfully