मन्त्रिपरिषद्को निर्णयअनुसार मोटो धानको ३६६० रूपैयाँ प्रतिक्विन्टल र मध्यम धानको ३८६० रूपैयाँ प्रतिक्विन्टल तोक्ने निर्णय गरेको हो ।
काठमाडौं — सरकारले बर्खे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।
आज प्रधानमन्त्री तथा मन्त्रिपरिसद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले आव २०८३/०८४ मा बर्खे धान बालीको न्यूनतम समर्थन मूल्य तोकेको हो । जसअनुसार मोटो धानको ३६६० रूपैयाँ प्रतिक्विन्टल र मध्यम धानको ३८६० रूपैयाँ प्रतिक्विन्टल तोक्ने निर्णय गरेको हो ।
यी हुन् आजको मन्त्रिपरिषद् बैठकले गरेका ४ निर्णय
१. अर्थ मन्त्रालयको प्रस्तावमा नेपाल-चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे-केरूङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरिएको छ ।
२. कृषि, वन तथा वातावरण मन्त्रालयको निर्णय अनुसार आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धान बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको छ । जसअन्तर्गत मोटा धानको प्रति क्वीन्टल ३ हजार ६६० र मध्यम धानको प्रति क्वीन्टल ३ हजार ८६० रुपैयाँ तोकिएको छ।
३ . भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ को प्रतिवेदनलाई सार्वजनिक गर्ने निर्णय भएको छ ।
४. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव मुकेश डंगोललाई नियुक्ति गर्ने निर्णय गरिएको छ ।
