सांसदले मागे सुकुमवासीका लागि स्पष्ट र ठोस कार्ययोजना

राष्ट्रिय सभाका सांसदहरूले सुकुमवासीको मानवअधिकार र मौलिक अधिकारको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराए ।

जेष्ठ ८, २०८३

रासस

MP demands clear and concrete action plan for squatters

काठमाडौँ — राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा सांसदहरूले सुकुमवासी समस्या समाधानका लागि स्पष्ट र ठोस कार्ययोजनासहित प्रक्रिया अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद मनरुपा शर्माले काठमाडौँका नदी किनारबाट हटाइएका सुकुमवासीको बालबच्चा ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिक  राखिएको स्थानमा प्रभावकारी मनोपरामर्श सेवा उपलब्ध गराउन माग गरिन् ।

सांसद रेणु चन्दले सुकुमवासीको मानवअधिकार र मौलिक अधिकारको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराइन् । उनले सुकुमवासी राखिएका होल्डिङ सेन्टरमा शुद्ध खानपानको प्रबन्ध गर्न माग गरिन् । सांसद पदमबहादुर परियारले राष्ट्रिय सभाका सदस्यहरू ६ महिनादेखि खाली रहेकामा ध्यानाकर्षण गराए ।

रासस

Link copied successfully