पूर्वमन्त्री गुप्तासँग ५० लाख धरौटी माग गर्ने आदेश 

पोखराको लिचीबारी जग्गा प्रकरणमा सर्वोच्चले पूर्वमन्त्री गुप्तासँग ५० लाख धरौटी माग गर्ने निर्णय गरेको छ।

जेष्ठ ६, २०८३

दुर्गा दुलाल

Order to demand Rs 5 million bail from former minister Gupta

काठमाडौँ — सर्वोच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तासँग ५० लाख धरौटी माग गर्ने आदेश गरेको छ। पोखराको लिचीबारी जग्गा प्रकरणमा  विशेष अदालतको आदेशले थुनामा रहेका पूर्वमन्त्री  गुप्तालाई  धरौटी माग गर्ने आदेश सर्वोच्चले जेठ ५ मा गरेको हो । 

न्यायाधीश शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले विशेष अदालतको आदेश बदर गर्दै रञ्जिता श्रेष्ठसहितलाई धरौटीमा रिहा गर्ने आदेश भएको भन्दै गुप्तालाई पनि धरौटी माग गर्ने आदेश गरेको हो । 

पोखराको बाटुलेचौरस्थित लिचीबारी जग्गा प्रकरणमा ७८ लाख घुस लेनदेन भएको ठहर गर्दै गुप्तासहित दुई पूर्वमन्त्रीसमेत सातविरुद्ध ०८२ असोज २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अन्य प्रतिवादीको हकमा विशेषको आदेश बेरितको नदेखिँदा परिवर्तन गर्नु नपर्ने सर्वोच्चको आदेशमा उल्लेख छ ।

दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully