कामु प्रधानन्यायाधीशको आदेश कार्यान्वयन, दरपीठविरुद्ध दर्ता भयो निवेदन 

जेठ ४ गते मल्लले आफ्नो सचिवालयमा दर्ता भएको निवेदनमा आदेश गर्दै दरपीठविरुद्धको निवेदनमा १ बजेभित्र दर्ता गर्नु भनी मुख्य रजिष्ट्रार र रजिष्ट्रारको नाममा आदेश गरेकी थिइन् ।

जेष्ठ ६, २०८३

दुर्गा दुलाल

Implementation of the Acting Chief Justice's order, petition filed against the bench

काठमाडौँ — कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले गरेको आदेश सर्वोच्च प्रशासनले दुई दिनपछि कार्यान्वयन गरेको छ। 

जेठ ४ गते मल्लले आफ्नो सचिवालयमा दर्ता भएको निवेदनमा आदेश गर्दै दरपीठविरुद्धको निवेदनमा १ बजेभित्र दर्ता गर्नु भनी मुख्य रजिष्ट्रार र रजिष्ट्रारको नाममा आदेश गरेकी थिइन् । उक्त दिन दर्ता नगरी सर्वोच्चबाट बाहिरिएका मुख्य रजिष्ट्रारले बुधबार दर्ता गर्नु भनी अनुमति दिएपछि दर्ता भएको रिट निवेदक प्रेमराज सिलवालले बताए । उनका अनुसार रिट निवेदनको पहिलो पेसी ११ जेठमा तोकिएको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले अधिवक्ता सिलवालको हकमा निवेदन दर्ता भएको र अन्य दुई रिट निवेदकहरुलाई पनि सर्वोच्च प्रशासनले दर्ताका लागि आउन खबर गरेको बताए । उनले उनीहरुले निवेदन दिएमा सोमबार नै पेसी तोकेर इजलासमा पेस हुने बताए । 

संवैधानिक परिषद्‌सम्बन्धी अध्यादेश जारी गरेर संवैधानिक परिषद्‌ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा चौथो वरीयतामा रहेका मनोजकुमार शर्माको नाम सिफारिस गर्ने निर्णय गरेको थियो । पहिलो वरीयतामा रहेकी सपना प्रधान मल्लसहित, कुमार रेग्मी र हरिप्रसाद फुयाँललाई पछि पार्दै शर्मा सिफारिस भएर संसदीय सुनुवाइ हुँदै शपथ लिएर जिम्मेवारी सम्हालेपछि सर्वोच्च प्रशासनले निवेदन दर्ता गरेको हो । 

यो निवेदन अब एक न्यायाधीशको इजलासमा पेसी तोकिने छ । उक्त इजलासले दरपीठ बदर गर्दै दर्ता गर्न आदेश दिएमा सुनुवाइ प्रक्रियामा अघि बढ्ने छ नत्र भने दरपीठ सदर हुँदै टुंगिने छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित अधिवक्ता सिलवालले पनि रिट पेस गरेका थिए ।

दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully