चारदिनको बीचमा सगरमाथा र ल्होत्से हिमाल आरोहण

चिनियाँ आरोही शी जुन्जीको टिमले ३१ बैशाख बिहान ८ बजेर ५६ मिनेटमा सगरमाथा हिमाल आरोहण गरेका थियो भने ४ जेठ बिहान ११ बजेर २५ मिनेटमा ल्होत्सेको चुचुरोमा पुगेको छ ।

जेष्ठ ५, २०८३

केदार शिवाकोटी

Climbing Mount Everest and Lhotse in four days

What you should know

दोलखा — चिनियाँ नागरिक शी जुन्जी (Shi Junji)को टोली यसवर्षको वसन्तयाममा सगरमथा र ल्होत्से आरोहण गर्ने पहिलो टिम बनेको छ । शीको टिमले ३१ बैशाख बिहान ८ बजेर ५६ मिनेटमा सगरमाथा हिमाल आरोहण गरेका थियो भने ४ जेठ बिहान ११ बजेर २५ मिनेटमा ल्होत्सेको चुचुरोमा पुगेको छ । 

शी चीनको गन्नान प्रान्तबाट सगरमाथा आरोहण गर्ने पहिलो आरोही समेत बनेका छन् । ३५ वर्षीय शीलाई दोलखाका सगरमाथा आरोही निमादोर्जे तामाङ र सोलुखुम्बुका दावा नुरु राई शेर्पाले साथ दिएका थिए । हिमालय माउण्टेरियङ एक्सपिडिसनका सञ्चालक उत्सव पाठकका अनुसार यो वर्ष एकै सिजनमा ८ हजार ८४८ मिटरको सगरमाथा र ८ हजार ५१६ मिटरको ल्होत्से आरोहण गर्ने शीको टोली पहिलो हो । शी चिनियाँ कम्युनिष्ट पार्टी गन्नान राज्य विभाग हुँदै हाल चीनको केन्द्रीय उद्यममा कार्यरत अधिकारी हुन् ।

आरोहणपछि शीले एकै सजिनमा दुवै हिमाल आरोहण गर्न पाएकोमा खुसी व्यक्त गरेका छन्  ‘निकै कठिन भयो । तर, नोर्वु र दावाको सहयोगले आरोहण सफल भयो,’ उनले भने, ‘यसपटक हाम्रो टोली पहिलो भयो दुवै हिमाल चढ्न सकेकोमा गर्व लागेको छ ।’ 

साधारणतया सगरमाथा आरोहणपछि आरोहीहरू चौथो बेसक्याम्पमा झर्छन् । तर, शीको टोली भने चौथो बेसक्याम्प झरेको दोस्रो दिनमै पुनः दोस्रो बेस क्याम्प पुगेर पुनः ल्होत्से आरोहण गरेको थियो । ‘हामीहरू सगरमाथा आरोहण गरेर बेस टुमा झर्यौ, त्यहीबाट ल्होत्सेको बाटो खुलेलगत्तै आरोहणमा सहभागी भएका हौं,’ उनले भने, ‘शारीरक र मानसिकरुपमा तयार भएर पहिलो प्रयासमै ल्होत्से पनि चढन सफल भयौं ।’

आरोहणमा सहभागी दोलखाको गौरीशंकर गाउँपालिका–९ का निमादोर्जे पाकिस्तानको ८ हजारमाथिका ५ वटा हिमाल ४५ दिनमा आरोहण गरेर रेकर्ड कायम गर्ने आरोही हुन् । 

हिमालय माउण्टेरियङ उत्सव पाठकका अनुसार निमादोर्जेले हालसम्म ९ पटक सगरमाथा सफल आरोहण गरिसकेका छन् । निमादोर्जेले ८ हजार मिटरमाथिका हिमाल २६ पटक आरोहण गरिसकेका छन् । यसपटक सगरमाथा आरोहणको एकसातामै ल्होत्से पनि सफल आरोहण गर्न सकेको उनले बताए । ‘सामान्यतया सगरमाथा आरोहणपछि आरोही क्याम्प फो झरेर विश्राम गर्छन्,’ उनले भने, ‘तर शीको टोली भने विश्राम नगरी क्याम्प टुमा झरेर पुनः ल्होत्से आरोहणमा सहभागी भयो ।’ यसका लागि निकै साहस र शारीरक रुपमा तयार हुनुपर्ने उनले बताए । 

केदार

Link copied successfully