सर्वोच्चले देउवामाथि भइरहेको सम्पत्ति शुद्धीकरणकाे फाइलसमेत इजलाशलाई देखाइ फिर्ता लाने गरी झिकाउन पनि आदेश गरेको छ ।
काठमाडौँ — पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्पत्ति शुद्धीकरण कसुरमा आफूलाई पक्राउ गर्न सक्ने भन्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।
न्यायाधीश मेघराज पोखरेलको एकल इजलाशले ११ जेठमा सरकार र देउवालाई छलफलमा बोलाउँदै अन्तरिम आदेश जारी गर्न भने अस्वीकार गरेको छ । अनुसन्धानकाे मिसिल हेरी अपनाइएका प्रक्रियाको समेत परीक्षण गरी अन्तरिम आदेश जारी हुनुपर्ने वा नपर्ने निष्कर्षमा पुग्नु पर्ने अवस्था देखिएको भन्दै छलफलमा बोलाउनले आदेश गरेको हो ।
कानुनकाे उचित पक्रिया तथा क्षेत्राधिकारसम्बन्धी विषयसमेत विचार गर्दा अन्तरिम आदेशको छलफल चाडो सम्पन्न गरी निष्कर्षमा पुग्नु पर्ने देखिँदा प्राथमितकतामा राख्नु पर्ने आदेशमा भनिको छ । सर्वोच्चले देउवामाथि भइरहेको सम्पत्ति शुद्धीकरणकाे फाइलसमेत इजलाशलाई देखाइ फिर्ता लाने गरी झिकाउन पनि आदेश गरेको छ । 

