Live

प्रधानन्यायाधीशमा सिफारिस डा. मनोज कुमार शर्मामाथि संसदीय सुनुवाइ जारी , कहाँ पुग्यो प्रक्रिया ?

बिहान ८ बजेदेखि संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको हो । शर्माविरुद्ध १६ थान उजुरी परेका छन् ।

जेष्ठ ५, २०८३

दुर्गा दुलाल

Parliamentary hearing on recommendation for Chief Justice Dr. Manoj Kumar Sharma continues, where has the process reached?

17 Updates

(04:00 PM)

प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा अनुमोदन

प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा सर्वसम्मतिले अनुमोदन भएका छन् । 

(03:32 PM)

संसदीय सुनुवाइ सकियो, अनुमोदबारे छलफल जारी

प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्मामाथिको संसदीय सुनुवाइ सकियो । अहिले अनुमोदबारे छलफल जारी छ । 

Parliamentary hearing ends, discussion on approval continues
मनोजकुमार शर्मा । तस्बिर : अंगद ढकाल/कान्तिपुर

(03:22 PM)

प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्मामाथिको संसदीय सुनुवाइ सकिएको छ । अब अनुमोदबारे छलफल अनि निर्णय हुनेछ ।

(03:16 PM)

नेपोबेबी बारे प्रस्तावित प्रधानन्यायाधीशको जवाफ- आफन्त भएकै भरमा अयोग्य हुने कुनै कानुन भए जानकारी छैन

म उच्च अदालतमा हुँदा योग्य भएर नियुक्ति गरिएको हो । संविधानले हटाएपछि वकालतमा फर्केको थिए । फेरि सर्वोच्च अदालतमा योग्य नै ठानेर लगिएको हो । आफन्त भएकै भरमा अयोग्य हुने कुनै कानुन भएका जानकारी छैन । यसमा मेरो धेरै टिपप्णी छैन ।

Proposed Chief Justice's response on Nepobaby - I am not aware of any law that disqualifies a person simply because they are related.
डा. मनोजकुमार शर्मा । तस्बिर : रासस

(02:45 PM)

कविन्द्र बुर्लाकोटीको प्रश्न : अदालतमा बिचौलियाको प्रभाव के होला ?

रास्वपा सांसद कविन्द्र बुर्लाकोटीले प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग मुद्दाको चाप र बिचौलियाको प्रभावबारे प्रश्न गरेका छन् । संसदीय सुनुवाइका क्रममा उनले सोधे, 'मुद्दाको चाप र बिचौलियाको प्रभाव के होला ?  विकास निर्माणमा अदालतको फैसला र अन्तरिम आदेशलाई कसरी व्यवस्थापन गर्ने ?'

(02:31 PM)

प्रस्तावित प्रधानन्यायाधीश शर्मालाई सांसद पुनको प्रश्न : अदालतमा देखिएको ग्रुपिज्म कसरी हटाउनुहुन्छ ?

नेकपा सांसद वर्षमान पुनले प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्मालाई अदालतमा देखिएको ग्रुपिज्म हटाउने योजना के छ भनेर प्रश्न गरेका छन् ।

उनले भने, 'अदालतमा गुप्रिमजम हुने कुरा छन्। आगामी दिनमा नहोस् भन्ने प्रश्न छ ? कार्यसम्पादनमा केही प्रश्न छन् ?' त्यस्तै उनले अगाडि भने,  'न्यायालयमा भ्रष्टाचार छ भन्ने हरिकृष्ण कार्कीको प्रतिवेदनमा भनिएको छ। यसलाई कसरी कार्यान्वयन गर्ने ?'

(02:15 PM)

रास्वपा सांसद राजीव खत्रीको प्रश्न : दरपीठविरुद्ध निवेदन दर्ता नगर्न मौखिक आदेश दिनु भएको हो ? 

संसदीय सुनुवाइका क्रममा प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्मालाई सांसदहरूले प्रश्न सोधिरहेका छन् । रास्वपा सांसद राजीव खत्रीले दरपीठविरुद्ध परेको निवेदन दर्ता नगर्न मौखिक आदेश दिनुभएको हो ? भनेर प्रश्न गरेका छन् । साथै तपाईंलाई नेपोबेबीका रूपमा पनि प्रश्न उठाइएको छ नि भनेर उनले प्रश्न उठाएका छन् । साथै उनले अर्को प्रश्न गरे : पार्टी कार्यालयमा गएकोबारे के हो ? 

(01:48 PM)

संसदीय सुनुवाइ समितिमा आए प्रस्तावित प्रधानन्यायाधीश शर्मा

प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्मा उपस्थित भएका छन्। २० मिनेटमा आफ्ना भनाइ राख्न उनलाई समय दिइएको छ।

(01:23 PM)

उजुरीमाथिको छलफल सकियो

प्रधानन्यायाधीशमा सिफारिस डा. मनोजकुमार शर्मामाथि परेका १६ वटा उजुरीमाथिको छलफल सकिएको छ । अहिले प्रधानन्यायाधीशमा सिफारिस भएका शर्मा संसद् सचिवालय आइपुगेका छन् । केहीबेरमा उनी समितिमा पुग्ने कार्यक्रम छ । त्यसपछि शर्माले आफ्नो कार्ययोजना पेश गर्नेछन् । त्यसपछि उनीमाथि परेका उजुरी र कार्ययोजनामाथि सांसदहरूले प्रश्न सोध्नेछन् ।

Discussion on the complaint has ended.

(12:05 PM)

शर्माको न्यायिक सुधार योजना : प्रविधिमैत्री अदालतदेखि पारदर्शी नियुक्तिसम्म

प्रधानन्यायाधीशमा सिफारिस डा. मनोजकुमार शर्माले संसदीय सुनुवाइ समितिमा आफ्नो न्यायिक सुधारसम्बन्धी कार्ययोजना पेश गरेका छन् । उनले उक्त कार्ययोजना लागू भएपछि प्राप्त हुने उपलब्धिबारे पनि उल्लेख गरेका छन् । ती बुँदाहरू यसप्रकार छन् :

  • न्यायिक सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोगको समुचित स्तर कायम भई प्रविधिमैत्री अदालत (e-Court) को अवधारणा साकार हुनेछ ।
  • हाल कायम रहेको मुद्दाको बक्यौता सारभूत रूपमा न्यूनीकरण हुनेछ र फरक मुद्दा व्यवस्थापन पद्धति (DCM) ले निर्दिष्ट गरेको अवधिअनुसार बढीमा १८ महिनाभित्र मुद्दाहरू फर्छ्योट हुनेछन् ।
  • न्यायमा सहज पहुँचको सुदृढ अवस्था तथा क्षतिपूर्तिसहितको पीडितमैत्री न्याय प्रणाली सुनिश्चित हुनेछ ।
  • न्यायिक कामकारबाहीमा शीघ्रता, गुणस्तर तथा सेवा प्रवाहमा प्रभावकारिता सुनिश्चित भई अदालतप्रतिको जनआस्था अभिवृद्धि हुनेछ ।
  • न्यायपालिकामा न्यायिक सुशासन, उत्तरदायित्व, जवाफदेहिता तथा न्यायिक निष्ठा र सदाचारको उच्चतम स्तर कायम हुनेछ ।
  • न्यायाधीश नियुक्ति प्रक्रिया विवादरहित, पारदर्शी र अनुमानयोग्य हुनेछ ।
  • न्यायपालिकाको स्वतन्त्रता, क्षमता तथा समग्र न्यायिक कार्यको सुदृढीकरणमार्फत अन्तर्राष्ट्रिय रूपमा विकसित कानुनको शासनसम्बन्धी मानकमा नेपालको स्तर सुधार हुनेछ ।
Sharma's judicial reform plan: From technology-friendly courts to transparent appointments

(11:45 AM)

प्रधानन्यायाधीशमा सिफारिस शर्माले संसदीय सुनुवाइ समितिमा पेश गरेको कार्ययोजनामा के छ ?

प्रधानन्यायाधीशमा सिफारिस डा. मनोजकुमार शर्माले संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना पेश गरेका छन् । त्यसमा मुख्य ५ बुँदा यस्ता छन् :

  • न्यायिक सुशासन, पारदर्शिता, व्यावसायिक दक्षता, निष्पक्षता तथा छिटोछरितो न्याय सम्पादन गर्ने ।
  • संगठनात्मक संरचनाको पुनर्संरचना गरी पर्याप्त न्यायिक जनशक्तिको व्यवस्थापन गर्ने ।
  • फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने ।
  • न्यायमा पहुँच अभिवृद्धि गर्ने ।
  • सूचना प्रविधिमैत्री अदालतको स्थापना गर्ने ।
What is in the action plan submitted by Sharma to the Parliamentary Hearing Committee for the recommendation for Chief Justice?

(11:40 AM)

प्रधानन्यायाधीशमा सिफारिस डा.शर्माले संसदीय सुनवाइ समितीमा पेश गरे कार्ययोजना

प्रधानन्यायाधीशमा सिफारिस डा. मनोज कुमार शर्माले संसदीय सुनवाइ समितीमा आफ्नो कार्ययोजना पेश गरेका छन् । 

Dr. Sharma submits action plan to Parliamentary Hearing Committee for recommendation for Chief Justice

(11:17 AM)

उजुरीकर्तासँग गोप्य छलफल जारी

संसदीय सुनुवाइ समितिले अहिले उजुरीकर्तासँग गोप्य छलफल जारी राखेको छ । त्यसपछि क्रमैसँग उपलब्ध अन्य उजुरीकर्तासँग पनि छलफल जारी रहनेछ । प्रस्तावित न्यायाधीश शर्मालाई उनीमाथि उठेका प्रश्नको उत्तर दिन र उनका आगामी कार्ययोजना पेश गर्न १ बजे बोलाइएको छ ।

Confidential discussions with the complainant continue

(10:53 AM)

उजुरीकर्ता टंकप्रसाद आचार्यले भने, संवैधानिक र न्यायिक राज्य चलेको छैन्

प्रधानन्यायाधीशमा सिफारिस डा. मनोज कुमार शर्मामाथि संसदीय सुनुवाइ प्रक्रियामा उजुरीकर्ता टंकप्रसाद आचार्यले संवैधानिक र न्यायिक राज्य नचलेको र खिलराज रेग्मीको कार्यकालपछि न्यायमा समस्या सुरु भएको तर्क गरेका छन् । 

Complainant Tanka Prasad Acharya said that a constitutional and judicial state is not functioning.

(10:48 AM)

एमाले र नेकपाले भने–हतार नगरौं

नेकपा एमाले र नेपाली कम्यूनिष्ट पार्टीले प्रस्तावित प्रधानन्यायाधीसमाथिको सुनुवाइ हतार नगरौं भन्दै आफ्ना कुरा राखेका छन् । नेकपा एमालेकी सांसद पद्या अर्याल र नेकपाका सांसद वर्षमान पुनले हतार नगर्न र अध्ययनको समय उपलब्ध गराउन माग गरेका छन् ।अर्यालले ‘आजै उजुरी बाँडिएको र आजै सुनुवाइ गर्न हतार नगरौं’ भनि आफ्ना कुरा राखिन् भने नेकपाका पुनले एक दिन उजुरीलाई अध्ययन र छलफलका लागि समय दिन माग गरे ।

(10:47 AM)

प्रस्तावित प्रधानन्यायाधीशमाथि संसदीय सुनुवाइ सुरु

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस डा. मनोज कुमार शर्मामाथि संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ ।

संसदीय सुनुवाइ समितिको बैठक बिहान ८ बजेदेखि सुरु हुँदै उनीमाथि परेका उजुरीको विवरण र शर्माका कार्ययोजना सांसदहरुलाई वितरण गरिएको छ । 

शर्माविरुद्ध १६ थान उजुरी परेका छन् । शर्मा उपर १६ वटा उजुरी परेकोमा ११ वटा इमेलबाट र ५ वटा लिखित निवेदन दर्ता भएका थिए । समिति सभापति बोधनारायण श्रेष्ठले आजै उजुरीकर्तासँग छलफल गर्ने र प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ गर्ने तयारीको जानकारी गराएका थिए । 

Parliamentary hearing on proposed Chief Justice begins

(10:45 AM)

शर्माविरुद्ध १६ थान उजुरी

शर्माविरुद्ध १६ थान उजुरी परेका छन् । शर्मा उपर १६ वटा उजुरी परेकोमा ११ वटा इमेलबाट र ५ वटा लिखित निवेदन दर्ता भएका थिए । समिति सभापति बोधनारायण श्रेष्ठले आजै उजुरीकर्तासँग छलफल गर्ने र प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ गर्ने तयारीको जानकारी गराएका थिए । 

16 complaints against Sharma

दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully