प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ प्रक्रिया सुरु, नेकपा र एमालेले भने– हतार नगरौं

संसदीय सुनुवाइ समितिको बैठक बिहान ८ बजेदेखि सुरु हुँदै उनीमाथि परेका उजुरीको विवरण र शर्माका कार्ययोजना सांसदहरुलाई वितरण गरिएको छ ।

जेष्ठ ५, २०८३

दुर्गा दुलाल

Hearing process of proposed Chief Justice Sharma begins, NCP and UML say - let's not rush

काठमाडौँ — सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस डा. मनोज कुमार शर्मामाथि संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ ।

संसदीय सुनुवाइ समितिको बैठक बिहान ८ बजेदेखि सुरु हुँदै उनीमाथि परेका उजुरीको विवरण र शर्माका कार्ययोजना सांसदहरुलाई वितरण गरिएको छ । 

शर्माविरुद्ध १६ थान उजुरी परेका छन् । शर्मा उपर १६ वटा उजुरी परेकोमा ११ वटा इमेलबाट र ५ वटा लिखित निवेदन दर्ता भएका थिए । समिति सभापति बोधनारायण श्रेष्ठले आजै उजुरीकर्तासँग छलफल गर्ने र प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ गर्ने तयारीको जानकारी गराएका थिए । 

लगत्तै नेकपा एमाले र नेकपाले हतार नगरौं भन्दै आफ्ना कुरा राखेका छन् । नेकपा एमालेकी सांसद पद्या अर्याल र नेकपाका सांसद वर्षमान पुनले हतार नगर्न र अध्ययनको समय उपलब्ध गराउन माग गरेका छन् । 

अर्यालले ‘आजै उजुरी बाँडिएको र आजै सुनुवाइ गर्न हतार नगरौं’ भनि आफ्ना कुरा राखिन् भने नेकपाका पुनले एक दिन उजुरीलाई अध्ययन र छलफलका लागि समय दिन माग गरे ।

दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully