लोमान्थाङबाट ५ सय ९० कार्टुन चाइनिज इलेक्ट्रिक चुरोट (भेप)सहित दुई कन्टेनर नियन्त्रणमा 

सशस्त्र प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टका अनुसार बैशाख १ गते राति भेपसहित अन्य सामान र कन्टेनरका साथै तीन जनालाईसमेत नियन्त्रणमा लिइएको छ ।

जेष्ठ ३, २०८३

कान्तिपुर संवाददाता

Two containers containing 590 cartons of Chinese electric cigarettes (vapes) seized from Lomanthang

मुस्ताङ — जिल्लाको लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टीबाट प्रहरीले ५९० कार्टुन चाइनिज इलेक्ट्रिक (भेप)सहित २ कन्टेनर नियन्त्रणमा लिएको छ । 

सशस्त्र प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टका अनुसार बैशाख १ गते राति भेपसहित अन्य सामान र कन्टेनरका साथै तीन जनालाईसमेत नियन्त्रणमा लिइएको छ । 

लिइएकाहरुमा धादिङको धुनीबेशी नगरपालिका–१ का सन्तोष लामा, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ बस्ने फुन्चुदोर्जे तामाङ र उनका साथी सोही गाउँपालिका–३ का पासाङ शेर्पा छन् । 

ना ६ ख ४७४३ र ना ५ ख ७९२१ नम्बरको कन्टेनरमा कोरोला नाका हुँदै काठमाडौंतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट नेचुङ, नेपाल प्रहरी र मुस्ताङ भन्सार कार्यालयको संयुक्त टोलीले सामानसहित नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका सामानहरुमा इलेक्ट्रिक भेपसहित २ सय ५९ कार्टुन विभिन्न कम्पनीका जुत्ता, ८ बोरा मोजा, १५ बोरा लत्ताकपडा र १५ केजी खाली कार्टुन बक्स(सामान प्याक गर्ने प्रयोग गरिने बक्स) समेत रहेको छ । नियन्त्रणमा लिइएकाहरुलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई र बरामद सामान मुस्ताङ भन्सार कार्यालयमा बुझाइएको छ ।

कान्तिपुर

Link copied successfully