१८ मन्त्रालय बनेसँगै मन्त्रीमण्डल हेरफेर, नवप्रवर्तन प्रधानमन्त्रीसँगै

प्रधानमन्त्री बालेन्द्र शाहले रक्षा, गृहसँगै विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय पनि आफैसँग राखेका छन् ।

वैशाख ३१, २०८३

कान्तिपुर संवाददाता

Cabinet reshuffle with the formation of 18 ministries, innovation with the Prime Minister

काठमाडौं — सरकारले मन्त्रालयको संख्या घटाएर १८ कायम गरेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीमण्डल हेरेफेर गरेका छन् । योसँगै प्रधानमन्त्री वालेन्द्र शाहले रक्षा, गृहसँगै विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय पनि आफैसँग राखेका छन् । 

डा. स्वर्णिम वाग्ले अर्थ, शिशिर खनाल परराष्ट्र, विराजभक्त श्रेष्‍ठ उर्जा, जलस्रोत तथा सिंचाइ यथावत रहेको छ । सुनिल लम्साललाई पूर्वाधार विकास मन्त्रालय दिइएको छ । 

सोविता गौतम कानुन, न्याय तथा संसदीय मामिला,  खडकराज पौडेल संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन,  विक्रम तिमिल्सिना सूचना तथा सञ्‍चारमा यथावत छन् ।

गीता चौधरी कृषि, वन तथा पर्यावरण, गौरी कुमारी उद्योग, वाणिज्य तथा आपूर्ति, रामजी यादव युवा, श्रम तथा रोजगारमन्त्री यथावत नै छन् ।  सीता वादीलाई महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा  मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रतिभा रावल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री,  निशा मेहता स्वास्थ्य तथा खाद्य स्वच्छता र  सस्मित पोखरेल शिक्षा तथा खेलकुदमन्त्रीको रुपमा कायम छन् । Cabinet reshuffle with the formation of 18 ministries, innovation with the Prime Minister

कान्तिपुर

Link copied successfully