असंसदीय र आपत्तिजनक शब्दहरू संसद्को अभिलेखबाट हटाउन सभामुखको निर्देशन

सभामुख अर्यालले आगामी दिनमा आफ्ना धारणा राख्दा संसदीय मर्यादा र नियमावलीको पूर्ण पालना गर्न सम्पूर्ण सदस्यहरूलाई सचेत गराएका छन् ।

वैशाख ३१, २०८३

न्युज एजेन्सी नेपाल

Speaker's directive to remove unparliamentary and objectionable words from Parliament records

काठमाडौँ — सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा प्रयोग भएका असंसदीय र आपत्तिजनक शब्दहरू संसद्को अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिएका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीको नियम १२१ को खण्ड (घ) बमोजिम सांसदहरूलाई आफ्नो अभिव्यक्तिमा संवेदनशील हुन ध्यानाकर्षण गराए । उक्त नियमावलीले बैठकमा बोल्दा अशिष्ट, अश्लील, अपमानजनक वा सार्वजनिक शिष्टाचार र नैतिकताको प्रतिकूल हुने गरी बोल्न निषेध गरेको छ । साथै, कुनै पनि व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा असंसदीय शब्दको प्रयोग गर्न नपाइने प्रावधानबारे पनि सभामुखले स्मरण गराए ।

यसै क्रममा, सभामुख अर्यालले २०८० वैशाख २९ गतेको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपनेता गणेश पराजुलीले प्रयोग गरेका केही शब्दहरू नियमावलीविपरीत रहेको भन्दै हटाउन आदेश दिए । सांसद पराजुलीले आफ्नो सम्बोधनका क्रममा प्रयोग गरेको ‘भरौटेहरू’ र ‘यहाँ लुगा लगाएर पनि नाङ्गै हिँडे जस्तो गरी’ भन्ने वाक्यांशहरू संसद्को गरिमाविपरीत रहेको ठहर गर्दै सचिवालयलाई ती शब्दहरू अभिलेखबाट हटाउन निर्देशन दिइएको हो ।

सभामुख अर्यालले आगामी दिनमा आफ्ना धारणा राख्दा संसदीय मर्यादा र नियमावलीको पूर्ण पालना गर्न सम्पूर्ण सदस्यहरूलाई सचेत गराएका छन् ।

न्युज

Link copied successfully