त्रिवि उपकुलपतिको जिम्मेवारी बज्राचार्यलाई

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति वालेन्द्र शाहको निर्णयानुसार त्रिविको रिक्त उपकुलपति पदमा दैनिक कार्य सञ्चालन गर्न इन्जिनियरिङ अध्ययन संस्थानको डीनको समेत कार्य गर्नेगरी प्राडा सुशीलबहादुर बज्राचार्यलाई जिम्मेवारी तोकिएको हो ।

वैशाख ३१, २०८३

रासस

Bajracharya takes charge of TU Vice-Chancellor's post

काठमाडौं — त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्राडा सुशीलबहादुर बज्राचार्यलाई दिइएको छ ।

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले आज गरेको निर्णयानुसार त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा दैनिक कार्य सञ्चालन गर्न इन्जिनियरिङ अध्ययन संस्थानको डीनको समेत कार्य गर्नेगरी उनलाई उपकुलपतिको जिम्मेवारी तोकिएको हो ।

जिम्मेवारी प्राप्त गरेसँगै बज्राचार्यले कीर्तिपुरस्थित उपकुलपतिको कार्यालयमा पदवहाली गरेको त्रिविले जनाएको छ । सार्वजनिक निकायका पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष अध्यादेश जारी हुने अघिल्लो दिन विश्वविद्यालयका उपकुलपति प्राडा दीपक अर्यालले राजीनामा दिएका थिए । 

रासस

Link copied successfully