मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै खुला प्रतिस्पर्धाबाट छनोट प्रक्रियामा सहभागी उम्मेदवारहरूमध्ये पाँच जनाको नाम वर्णानुक्रमअनुसार सार्वजनिक गरेको हो ।
काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्य पदमा नियुक्तिका लागि पाँच जनाको नाम सार्वजनिक गरेको छ ।
मन्त्रालयले बिहीबार सूचना जारी गर्दै खुला प्रतिस्पर्धाबाट छनोट प्रक्रियामा सहभागी उम्मेदवारहरूमध्ये पाँच जनाको नाम वर्णानुक्रमअनुसार सार्वजनिक गरेको हो ।
मन्त्रालयले सार्वजनिक गरेको सूचीमा डा. दीपकप्रसाद बास्तोला (पोखरा–३०, कास्की), प्रविन भट्टराई (भरतपुर–२, चितवन), महेन्द्रभक्त श्रेष्ठ (ललितपुर–१३, ललितपुर), रूप लामिछाने (गोकर्णेश्वर–१, काठमाडौं) र लिलाराज ढकाल (आँधीखोला–६, स्याङ्जा) रहेका छन् ।
मन्त्रालयका अनुसार नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा ४ बमोजिम सञ्चालक सदस्य नियुक्तिका लागि गत १२ वैशाखमा सात दिने सार्वजनिक सूचना प्रकाशित गरिएको थियो । उक्त सूचनाअनुसार २७ जनाले आवेदन दिएका थिए ।
