चौंरी चरनको राजस्व ७५० ग्राम घिउ

दोलखाको सीमावर्ती गाउँ लप्चीबाट चीनका खर्कहरूमा करिब ४ सय याक, चौंरी र ४०–५० घोडा चरनका लागि लगिन्छ।

वैशाख ३०, २०८३

केदार शिवाकोटी

Revenue from the pasture is 750 grams of ghee.

What you should know

दोलखा — चीनसँग सीमा जोडिएको गाउँ लप्चीका बासिन्दा यतिबेला घिउसहितको सामल बोकेर याक र चौंरी धपाउँदै चीनका खर्कतर्फ लागिरहेका छन् । लप्चीका ७ गोठ चीनका खर्क पुगेका छन्, अरू पनि धमाधम गइरहेका छन् । जेठ अन्तिमसम्ममा १३ गोठका करिब ४ सय याक र चौंरी चिनियाँ खर्क पुगिसक्नेछन् । 

लप्चीवासीको मुख्य चरन क्षेत्र हो– चीनको राम्दुङका घाँसे मैदान । उनीहरू ४ महिनाका लागि याक र चौंरी लगेर चीनका खर्कमा गोठ हालेर बस्छन् । उनीहरूले सीमा पास अनिवार्य बोक्नुपर्छ । पास नभएका गोठाला चीनको चरन क्षेत्रतर्फ जान पाउँदैनन् । चीनको चरन क्षेत्र प्रयोग गरेबापत राजस्व बुझाउनुपर्छ तर त्यहाँको स्थानीय सरकारले नगद बुझ्दैन । त्यसका लागि चाहिन्छ चौंरीकै घिउ । खर्कमा गोठ, याक र चौंरी गणना हुन्छ । सोही आधारमा प्रत्येक याक र चौंरी बराबर ७५० ग्राम घिउ राजस्वका रूपमा बुझाउनुपर्ने स्थानीय कुञ्जोक शेर्पा बताउँछन् ।

 चीनको चरन क्षेत्र प्रयोग गरेबापत राजस्व बुझाउनुपर्छ तर त्यहाँको स्थानीय सरकारले नगद बुझ्दैन । त्यसका लागि चाहिन्छ चौंरीकै घिउ । खर्कमा गोठ, याक र चौंरी गणना हुन्छ ।‘हिउँ पग्लिएपछि याक र चौंरी चराउन पारिका ठूला खर्कमा जान्छौं,’ उनले भने, ‘चार महिना उतै चराएर घिउ राजस्व बुझाएर फर्कन्छौं ।’ दशकअघिसम्म पारिको खर्कमा २ हजारभन्दा बढी याक र चौंरी लिएर जाने गरेकामा त्यो संख्या अहिले घटेको उनले सुनाए । ‘याक र चौंरीको ढुटोपिठो र गोठालाका खाद्यान्न बोकेर लस्कर लगाएर घोडासमेत उतै चरनका लागि लाने गरेका छौं,’ उनले भने ।

‘विगतमा धेरै हुन्थ्यो, ६०/७० गोठका याक र चौंरी खर्कमा बजार लगिन्थ्यो, घिउ किन्न खर्कमा चिनियाँ मान्छे आउँथे,’ उनी सुनाउँछन्, ‘पारिका सरकारी मान्छे राजस्वबापतको घिउ लिन खर्कमै आइपुग्थे, निकै रमाइलो हुन्थ्यो ।’ बाजे बराजुको पालादेखि पारिका सरकारी अधिकारीलाई चरनबापत घिउ राजस्वमा तिर्दै आएको उनले बताए । ‘धेरै वर्षदेखिको परम्परा हो, पारि याक र चौंरी चरेबापत घिउ दिनुपर्ने चलन,’ उनले भने, ‘उता नै विवाहवारीसमेत चल्थ्यो, आफन्त पनि उतै हुन्थे, हाम्रो मुख्य नुन, लत्ताकपडा र खाद्यान्नको बजार पनि उतै हो ।’ 

तर विवाहवारी उताको सरकारले रोकेको एक दशकभन्दा बढी भएको उनले बताए । चीनको खर्कमा याक र चौंरीको गोठ लगेबापत घिउ बुझाउनुपर्ने परम्परा आफू सानै हुँदादेखि थाहा पाएको स्थानीय तेन्जिङ शेर्पाले बताए । ‘सानै हुँदा उताको खर्कमा याक र चौंरी चराउन बुबासँगै जान्थ्यौं, त्यो बेला बुबाले चीनका मान्छेलाई घिउ दिनु हुन्थ्यो,’ उनले भने, ‘यो परम्परादेखि चलिआएको चलन हो, अझैसम्म चलेको छ ।’ 

विगतमा जस्तो याक र चौंरीपालनबाट जीवन धान्न मुस्किल हुन थालेपछि लप्चीवासीको पुर्ख्यौली पेसा संकटमा पर्दै गएको उनले बताए ।चीनतर्फका खर्कमा हरेक वर्ष लप्चीबाट करिब ४ सय याक, चौंरी र ४०–५० घोडा चरनका लागि पुग्ने गरेको उनले बताए । विगतमा जस्तो याक र चौंरीपालनबाट जीवन धान्न मुस्किल हुन थालेपछि लप्चीवासीको पुर्ख्यौली पेसा संकटमा पर्दै गएको उनले बताए । ‘दशक अघिसम्म याक र चौंरीका गोठ धेरै थिए, आम्दानी पनि राम्रो हुन्थ्यो,’ उनले भने, ‘उता चरनका लागि लैजाने, उतै घिउ र बाच्छा बेचेर, चीनका स्थानीय बजारबाट खाद्यान्न लिएर आउने गरेका थियौं, अहिले व्यापार त्यति राम्रो हुँदैन ।’ 

लप्चीका स्थानीयको मुख्य आम्दानीको स्रोत याक र चौंरीपालन नै हो । । पारिको बजारमा घिउ र बाच्छा बेचेर लप्चीका स्थानीय आम्दानी गर्छन् । तर पछिल्लो समयमा चीनको बजारमा बाच्छा र घिउको माग घटेकाले यो व्यवसायबाट स्थानीय पलायन हुँदै गएको शेर्पाले बताए । ‘पारिको बजारमा प्रतिकिलो १८ सय रुपैयाँसम्ममा घिउ बिक्री हुन्छ, यस्तै बाच्छा पनि सौखिनले किन्ने गरेका छन्,’ उनले भने, ‘विगतमा कमाइ राम्रै हुन्थ्यो, अहिले त खर्कको चरन तिर्नलाई मात्र ठिक्क हुन्छ ।’ चरनका लागि लगेको घोडाको राजस्व पनि घिउ नै बुझाउनुपर्ने नियम छ । तर बाच्छाको भने चरन राजस्व बुझाउनु नपर्ने उनले बताए ।

४८ घरधुरी रहेको लप्चीको जनसंख्या १३० छ । सरकारसँग चरन क्षेत्र सहज बनाइदिन पटक–पटक आग्रह गरे पनि अझै सहज हुन नसकेकाले चीनतर्फ नै लैजानुपर्ने बाध्यता रहेको स्थानीय कर्मा वाइसर शेर्पा बताउँछन् । ‘चरन राजस्व मिनाहाको पहल गरिदिन पनि आग्रह गरेका थियौं,’ उनले भने, ‘सीमा बैठकमा स्थानीय सरकारले गाउँको समस्या र राजस्वको विषयमा कुरा राखे पनि सुनुवाइ हुन सकेको छैन ।’

केदार

Link copied successfully