प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी नियुक्त

सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारीलाई नियुक्त गरेका हुन् ।

वैशाख ३०, २०८३

जयसिंह महरा

Prakash Adhikari appointed as Secretary of the House of Representatives

काठमाडौँ — प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी नियुक्त भएका छन् । 

सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारीलाई नियुक्त गरेका हुन् ।

सभामुख अर्यालले बुधबार बिहान प्रतिनिधिसभा सचिवमा अधिकारीलाई नियुक्त गर्नका लागि लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए ।  

प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई हटाएर सभामुख अर्यालले अधिकारीको नाम सिफारिस गरेका हुन् । प्रतिनिधिसभाको सचिव संवैधानिक पद हो । संविधानको धारा १०६ को व्यवस्था बमोजिम सभामुखको सिफारिसमा प्रतिनिधिसभाको सचिव राष्ट्रपतिले नियुक्त गर्छन् ।

प्रतिनिधिसभा सचिवमा सिफारिस अधिकारी संखुवासभाको खाँदबारी नगरपालिकाका स्थायी बासिन्दा हुन् । त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा स्नातकोत्तर गरेका उनले दक्षिण कोरियाको एक विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक साझेदारी विषयमा स्नातकोत्तरको अध्ययन गरेका छन् ।

निजामती सेवामा २४ वर्ष काम गरेका उनी उपसचिव पदबाट सेवानिवृत्त भएका थिए । 

Prakash Adhikari appointed as Secretary of the House of Representatives

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully