Live

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले देशको अर्थतन्त्रलाई आधुनिक, पारदर्शी र प्रविधिमैत्री बनाउने योजना अघि सारेका छन् ।

वैशाख २८, २०८३

कान्तिपुर संवाददाता

Policies and programs for the coming fiscal year are being presented.

28 Updates

(06:04 PM)

एकीकृत डिजिटल प्लाटफर्ममार्फत ई-गभर्नेन्स सुदृढ गरिने

सरकारले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहलाई छरितो, पारदर्शी र नागरिकमैत्री बनाउन एकीकृत डिजिटल प्लाटफर्ममार्फत ई-गभर्नेन्स प्रणाली सुदृढ गर्ने योजना अघि सारेको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘एक पटकको विवरण सबै सेवामा प्रयोग’ गर्ने सिद्धान्त उल्लेख छ । त्यसमै आधारित भएर अन्तर-सञ्चालन सक्षम (इन्टरअपरेबल) सरकारी डेटाबेसको विकास गरिने भनिएको छ । साथै, न्यूनतम एक सयवटा सरकारी सेवालाई एकीकृत नागरिक एपमार्फत उपलब्ध गराउने सरकारको नीति रहेको छ ।

(05:40 PM)

नागरिक एपबाट जोखिमको पूर्वचेतावनी दिइने

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत नागरिक एपको प्रयोग विस्तार गर्दै यसलाई पूर्वचेतावनी सेवा प्रवाहको माध्यम बनाउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि, यातायात, पर्यटन र उड्डयन क्षेत्रमा आइपर्नसक्ने जोखिम वा विपद्‌बारे सर्वसाधारण र सरोकारवालालाई समयमै जानकारी गराउन नागरिक एपमार्फत पूर्वचेतावनी सेवा उपलब्ध गराइने बताएका छन् ।

जल तथा मौसमसम्बन्धी तथ्यांकलाई डिजिटल प्लाटफर्ममा एकीकृत गरी विपद्सम्बन्धी पूर्वसूचना प्रणालीको विकास गर्ने सरकारको लक्ष्य छ ।

(05:27 PM)

कर्मचारी राजनीतिक दलमा संलग्न भए सेवामा आयोग्य र बर्खास्त गरिने 

सरकारले निजामती कर्मचारी राजनीतिक दल वा गतिविधिमा संलग्न भएमा भविष्यमा समेत सरकारी सेवामा अयोग्य ठहरिने गरी बर्खास्त गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले यस्तो घोषणा गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‌मा पेस गरेको नीति तथा कार्याक्रममा कर्मचारीहरूको हकमा यस्तो व्यवस्थाको घोषणा गरेको हो ।

(05:13 PM)

रिमोट वर्क नीतिको कानुनी व्यवस्था गरिने

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्‍मा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपालमै बसेर विदेशी रोजगारदाताका लागि काम गर्न सकिने रिमोट वर्क नीतिको कानुनी व्यवस्था गरिने घोषणा गरेका छन् ।

सरकारले नयाँ राष्ट्रिय रोजगारी नीति तर्जुमा गरी सीप, शिक्षा, श्रम बजार सूचना, सामाजिक सुरक्षा र रोजगार सेवा प्रणालीलाई एकीकृत गर्ने लक्ष्य राखेको छ । यसका साथै ‘कमाउँदै सिक्दै’ अवधारणामा आधारित राष्ट्रिय अप्रन्टिसेसिप (प्रशिक्षार्थी) कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

वैदेशिक रोजगारीबाट फर्केका युवाहरूको सिपलाई डिजिटल सीप पासपोर्टमार्फत अभिलेखीकरण गरी अन्तर्राष्ट्रिय व्यावसायिक प्रमाणीकरण उपलब्ध गराइने पनि राष्ट्रपति पौडेलले बताएका छन् ।

Legal provisions for remote work policy will be made.
तस्बिर : अंगद ढकाल/कान्तिपुर

(05:08 PM)

चलचित्र, वित्तचित्र र फोटोग्राफीलाई व्यवसायको रुपमा विस्तार गरिने

सरकारले चलचित्र, वित्तचित्र र फोटोग्राफीलाई व्यवसायको रुपमा विस्तार गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रममार्फत यस्तो बताएका हुन् ।

(05:05 PM)

महिला उद्यमशीलता रणनीति तर्जुमा गरिने

सरकारले महिला उद्यमीलाई बजार व्यवस्थापनमा जोड दिएको छ । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा महिला उद्यमशीलता रणनीति तर्जुमा गरिने जनाइएको छ । 

(04:59 PM)

बौद्धिक अपांगता भएका बालबालिकालाई विशेष सहयोग

सरकारले बौद्धिक अपांगता भएका बालबालिकालाई आवश्यक साधन र सहयोग गर्ने घोषणा गरेको छ । नीति तथा कार्यक्रममार्फत सरकारले यस्तो घोषणा गरेको हो । 

(04:55 PM)

सार्वजनिक निकायलाई पूर्ण रुपमा अपांगतामैत्री बनाउने घोषणा

सरकारले आगामी वर्ष सार्वजनिक निकायलाई पूर्ण रुपमा अपांगतामैत्री बनाउने घोषणा गरेको छ । सरकारको नीति तथा कार्यक्रममार्फत राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेको हो । 

(04:55 PM)

सरकारी भुक्तानी प्रणालीलाई डिजिटल बनाउने, किसानले पाउने रकम सिधै उनीहरूको खातामा

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि क्षेत्रमा प्रविधिको प्रयोग गरिने जनाएका छन् । सरकारी डिजिटल भुक्तानी प्रणालीमार्फत किसानलाई दिइने रकम सिधै उनीहरूको बैंक खातामा जम्मा हुने व्यवस्था मिलाइने उनले बताए । ‘भुक्तानी प्रणालीलाई डिजिटल बनाउँदै किसानको बैंक खातामा रकम सिधै जम्मा हुने व्यवस्था मिलाइनेछ,’ उनले भने ।

(04:50 PM)

रेमिट्यान्स लगानी मिलान कोष स्थापना गरिने

सरकारले रेमिट्यान्स लगानी मिलान कोष स्थापना गर्ने भएको छ । रेमिट्यान्समार्फत आएको रकम उत्पादनमुखी क्षेत्रमा उपयोग गर्नका लागि सरकारले यस्तो कोष स्थापना गर्न लागेको हो । आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा सरकारले यस्तो घोषणा गरेको हो । यसले रेमिट्यान्समार्फत भित्रिएको रकम उत्पादनमुखी क्षेत्रमा लगानी हुने सरकारको दाबी छ ।

(04:48 PM)

पुँजीबजारको संस्थागत विकासका लागि विदेशी लगानी भित्र्याइने

पुँजी बजारको विकास र विस्तारका लागि सरकारले संस्थागत लगानीकर्ता भित्र्याउने भएको छ । आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा सरकारले यस्तो घोषणा गरेको हो । पुँजी बजारको विस्तारका लागि सरकारले यस्तो तयारी गरेको हो । यससँगै ऋणपत्र बजार र बन्ड मार्केटलाई पनि प्रभावकारी बनाउने सरकारको घोषणा छ । 

(04:46 PM)

अवैध क्रसर र उत्खनन नियन्त्रण गरिने

सरकारले ढुङ्गा गिटीको अवैध उत्खनन नियन्त्रण गर्ने भएको छ । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममा अवैध क्रसरहरूलाई नियन्त्रण गर्ने उल्लेख गरिएको छ ।

देशभरका अवैध क्रसरहरू सञ्चालन भएको र त्यसले अवेध उत्खनन गरेको भनी आलोचना भइरहेको समयमा सरकारले यस्तो नीति तथा कार्यक्रम ल्याएको हो ।

Illegal crushers and excavations will be controlled.

(04:44 PM)

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार गरिने

नेपाल नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार गरिने भएको छ । सरकारले आगामी आर्थिक वर्षमा प्राधिकरण मातहतमा रहेको सेवाप्रदायक र नियमनकारी निकायलाई बेग्लाबेग्लै बनाउने भएको छ ।

(04:41 PM)

आयोजना प्रभावितलाई मुआब्जा होइन, सेयर दिन्छौँ : सरकार

सरकारले आयोजना प्रभाविक जनतालाई अब मुआब्जा नभई आयोजनाको सेयर उपलव्ध गराउने भएको छ।  संघीय संसद्‍मा सोमबार राष्ट्रपति पौडेलले पेस गरेको सरकारको नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरिएको हो । आयोजनापीडित जनतालाई सेयर दिने बारे सरकारले पछि कानुनी व्यवस्था गर्ने छ । 

We will not provide compensation, but shares to those affected by the project: Government
तस्बिर : अंगद ढकाल/कान्तिपुर

(04:38 PM)

संविधान संशोधन बहसपत्र तयारीको विषय नीति तथा कार्यक्रममा समावेश

सरकारले आगामी आर्थिक वर्षभित्र नेपालको संविधान संशोधनका लागि बहसपत्र तयार गर्ने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरेको छ । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलबाट आज प्रस्तुत नीति तथा कार्यक्रममा उक्त विषय समावेश गरिएको हो । 

(04:35 PM)

सरकारले भन्यो : करको संरचना पुनरावलोकन हुन्छ

सरकारले करको संरचना पुनरावलोकन गर्ने भएको छ । संघीय संसद्‍मा पेस भएको नीति  तथा कार्यक्रममा सरकारले यस्तो घोषणा गरेको हो ।  उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको बोझ घटाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

Government says: Tax structure will be reviewed
तस्बिर : अंगद ढकाल/कान्तिपुर

(04:35 PM)

खोरेत तथा पशुपन्छीमा लाग्ने रोग निवारण खोप कार्यक्रम चलाइने

सरकारले खोरेत तथा पशुपन्छीमा लाग्ने रोग निवारणका लागि अभियानमुखी खोप कार्यक्रम चलाउने भएको छ । संसद्को संयुक्त बैठकमा आज राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रममा प्रस्तुत गर्दै यस्तो बताएका हुन् । उनले सो क्रममा साना किसानका लागि पशुधन दायरा बढाइने सरकारले नीति लिएको पनि बताए ।

(04:34 PM)

विदेशी लगानीकर्तालाई लगानी भिसा प्रदान गरिने

सरकारले विदेशी लगानीकर्तालाई भिसा प्रदान गर्ने भएको छ । लगानीलाई प्रोत्साहन तथा प्रबर्धन गर्न सरकारले लगानीकर्तालाई लगानी भिसा प्रदान गर्ने भएको हो । आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा सरकारले यस्तो घोषणा गरेको हो । यसले विदेशी लगानी भित्र्याउने सरकारको तयारी छ ।

Investment visas will be provided to foreign investors.
तस्बिर : अंगद ढकाल/कान्तिपुर

(04:32 PM)

नेपाललाई 'टेक हब' का रूपमा विकास गरिने 

सरकारले नेपाललाई 'टेक हब'का रुपमा विकास गर्ने उल्लेख छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‍मा पेस गरेको नीति तथा कार्यक्रममा एआई निर्यातदेखि हरित कम्युटिङ निर्यातमा सरकारले काम गर्ने उल्लेख छ ।  उच्च क्षमताको डेटा सेन्टर स्थापना गर्ने र सूचना प्रविधि क्षेत्रका सरकारको सहलगानी र अनुसन्धानमा कर प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

Nepal to be developed as a 'tech hub'
तस्बिर : अंगद ढकाल/कान्तिपुर

(04:29 PM)

वैदेशिक रोजगारीबाट फर्किएकालाई कृषि क्षेत्रमा आकर्षण गरिनेछ : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई कृषि क्षेत्रमा आकर्षण गरिने बाताएका छन् । संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कृषि उत्पादनमा बिसादी न्युनिकरणका लागि प्रोत्साहन गरिने उनले बताएका छन् । किसान परिचयपत्र, सहुलियत ऋणलगायतमा किसानलाई सहज बनाइने नीति सरकारले लिएकाे उनले बताएका छन् । 

(04:26 PM)

वैदेशिक सहायतालाई उच्च प्रतिफल दिने आयोजननमा लगाउने सरकारको घोषणा

सरकारले आगामी आर्थिक वर्षमा ऋण  निजी क्षेत्रको लगानी र वैदेशिक सहायतालाई उच्च प्रतिफल दिने आयोजनामा लगाउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‍मा सरकारको नीति तथा कार्यक्रम पेस गर्दै यसको जानकारी दिएका हुन् । 

राष्ट्रपति पौडेलले सरकारको २०८२/०८३को  नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यी रकमहरूको उपलब्धि हासिल गर्न यस्तो नीति लिन लागेको बताए ।

Government announces to use foreign aid for high-return programs

(04:25 PM)

सार्वजनिक संस्थानमा खर्च कटौतिको नीति लिइनेछ : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सार्वजनिक संस्थानमा खर्च कटौतिको नीति लिइने बताएका छन् । यसका लागि संस्थान गाभ्नेलगायत कार्य गरिने उनले बताए । संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

(04:23 PM)

सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने

सरकारले आगामी आर्थिक वर्षमा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने नीति लिएको छ । संघीय संसद्‍मा सोमबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारविरुद्ध शून्य सहशनीलता अपनाउँदै समृद्ध नेपालको आधारशिलाको रूपमा ग्रहण गरिने उल्लेख गरे । सार्वजनिक सेवाहरमा सुधार गर्दै आर्थिक पुनर्उत्थान अभियानका रूपमा अघि वढाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

(04:19 PM)

सबै आर्थिक कारोबारलाई नगदरहित बनाइनेछ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले सबै आर्थिक कारोबारलाई डिजिटल बनाइने बताएका छन् । सोमबार संघीय संसद्‍का दुवै सदनमा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले कारोबार नगदरहित बनाइने बताएका हुन् । 

All economic transactions will be made cashless: President Poudel

(03:41 PM)

८ अध्यादेश ‍राष्ट्रिय सभामा प्रस्तुत

सरकारले ल्याएका आठवटै अध्यादेश राष्ट्रिय सभामा पनि प्रस्तुत भएको छ । राष्ट्रिय सभाको दोस्रो बैठकमा अध्यादेश पेस भएका हुन् । पहिलो बैठकमा दलीय आधारमा बोल्ने क्रम भएको थियो भने दोस्रो बैठकमा अध्यादेश पेस गर्ने तालिका थियो । यसअघि सरकारले ल्याएका ८ अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक प्रतिनिधि सभामा पेस भएका थिए । 

(03:24 PM)

अर्थमन्त्री वाग्लेद्वारा सम्पति शुद्धीकरण निवारण अध्यादेश पेश

संसद्‌मा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३’ पेश गरेका छन् ।

(03:11 PM)

प्रतिनिधिसभाः विपक्षी दलको ध्यानाकर्षण

प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका नेताहरुले सुकुमबासी बस्ती व्यवस्थापन, अध्यादेशलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको आकस्मिक समयमा ती सांसदहरुले आह्वान भइसकेको संसद् स्थगन गरेर अध्यादेश ल्याइएको, भावी प्रधानन्यायाधीशको सिफारिसमा प्रचलित अभ्यास र परम्परा तोडिएको भनी चिन्ता व्यक्त गरेका छन् ।

कांग्रेसका निष्कल राईले प्रतिनिधिसभा नयाँ नियमावली मस्यौदा लेखनका क्रममा आफूले राखेका फरक मत राख्दै सरकारले भूमिहीन सुकुमबासीलाई वैकल्पिक व्यवस्थाबिना बस्तीबाट हटाइएकामा असहमति जनाए । 

एमालेका पद्माकुमारी अर्यालले संसदीय मर्यादा र विधिको शासनलाई सम्मान गर्न तथा प्रस्तुत अध्यादेशहरु फिर्ता गर्न आग्रह गरिन् । नेकपाका युवराज दुलालले २४ घन्टाको छोटो सूचना दिएर सुकुमबासी बस्ती हटाइनुले मानवीयताको सम्मान नभएको टिप्पणी गरे । 

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले लिपुलेकमा भारतले नाका खोलेर मानसरोवरको मार्ग विस्तार गर्दा सरकार मौन बसेको आरोप लगाए । 

House of Representatives: Attention of opposition parties
प्रतिनिधिसभा बैठकमा सहभागी सांसदहरू । तस्बिर : अंगद ढकाल/कान्तिपुर

(02:35 PM)

रास्वपा सरकारले सुकुमवासीकाे उद्धार होइन, उठिबास लगायो : ओली

राप्रपाकी संसाद् खुश्वु ओलीले सास्वपा नेतृत्वको सरकारले सुकुमवासी बस्ती तहसनहस बनाएको बताएकी छन् । सदनको संयुक्त बैठकमा उनले भनिन्, 'खोला किनारमा बस्ने मानिसको जीवन हुँदैन् ? ४८ घण्टा सयम पनि नदिएर उठिबास लगाइयो । यो सुकुमवासीको उद्धार होइन ।'

कान्तिपुर

Link copied successfully