प्रधानमन्त्री शाहविरुद्धको गाली बेइज्यतीसम्बन्धी निवेदन जिल्ला अदालतले गरेन दर्ता 

कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेता विकल राईले पेश गरेको निवेदन अदालत प्रशासनले दरपीठ गरिदिएको हो ।

वैशाख २८, २०८३

दुर्गा दुलाल

District Court does not register petition regarding defamation against Prime Minister Shah

काठमाडौं — काठमाडौं जिल्ला अदालतले प्रधानमन्त्री वालेन शाहविरुद्ध पेस भएको गाली बेइजतीसम्बन्धी निवेदन दर्ता अस्वीकार गर्दै दरपीठ गरेको छ । कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेता विकल राईले पेस गरेको निवेदन अदालत प्रशासनले दरपीठ गरिदिएको हो ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत ‘देशको भविष्य बोक्ने विद्यार्थीहरूलाई स्लिपर सेल’ सम्बोधन गरेको भन्दै निवेदन दिएका थिए । 

उक्त शब्दले विद्यार्थी समुदायको मानमर्दन र गाली बेइज्जती भएको दाबी गर्दै उनले मुलुकी अपराध संहिता, २०७४ को दफा ३०६ र ३०७ बमोजिम कारबाहीको माग गरेका थिए । 

प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले यस्ता शब्द प्रयोग गर्दा अपमान भएको दाबी निवेदनमा उल्लेख छ । 

दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully