आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र प्रतिफलयुक्त बनाइने जनाउँदै अत्याधिक सेवा शुल्क र श्रम शोषणविरुद्ध कारबाही गरिने जनाएका छन् ।
काठमाडौँ — सरकारले आगामी आर्थिक वर्षमा वैदेशिक रोजगारमा जाने श्रमिकलाई अत्याधिक सेवा शुल्क लिनेमाथि कारबाही गर्ने नीति लिने भएको छ ।
आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र प्रतिफलयुक्त बनाइने जनाउँदै अत्याधिक सेवा शुल्क र श्रम शोषणविरुद्ध कारबाही गरिने जनाएका छन् ।
उनले वैदेशिक रोजगारीमा जानेको लागि छुट्टै सेवा उपलब्ध गराइने वताए ।
‘श्रम कूटनीतिमार्फत उच्च पारिश्रमिक दिने गन्तव्य देशको विविधीकरण गरिनेछ । विप्रेणलाई उपभोगमार्फत उत्पादनशील रुपान्तरण गर्न विप्रेषण लगानी कोष सञ्चालन गरिनेछ,’ उनले भने, ‘विदेशमा मृत्यु भएका र अंगभंग भएका श्रमिकका परिवारको लागि उद्धार र कल्याणकारी कार्यक्रम सुदुढीकरण गरिनेछ ।’
वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रुपान्तरण गर्न आन्तरिक रोजगार प्रर्बधन दशक कार्यक्रम सञ्चालन गरिने नीति रहेको उनले बताए ।