राष्ट्रिय सभामा ८ अध्यादेश पेस

राष्ट्रिय सभाको अर्को बैठक आजै अपराह्न ५:१५ बजे बस्ने छ ।

वैशाख २८, २०८३

रासस

8 ordinances submitted to the National Assembly

काठमाडौं — राष्ट्रिय सभाको आजको बैठकमा सरकारले यसअघि ल्याएका विभिन्न ८ अध्यादेश पेस गरिएका छन् । 

प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३, सभासमक्ष पेस गरेकी हुन् । 

यसैगरी, अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ सभासमक्ष पेस गरेका हुन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गौतमले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ सभासमक्ष पेस गरेका हुन् ।

यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ पेस गरेकी छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ पेस गरेकी छन् । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ पेस गरेका छन् ।

सभाको अर्को बैठक आजै अपराह्न ५:१५ बजे बस्ने छ ।

रासस

Link copied successfully