सुकुमवासीको रिटमा सर्वोच्चको अन्तरिम आदेश

न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजलासले शुक्रबार सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

वैशाख २५, २०८३

दुर्गा दुलाल

Supreme Court's interim order on Sukum residents' writ petition

काठमाडौँ — सर्वोच्च अदालतले सुकुमवासी बस्ती हटाउने सरकारको निर्णयविरुद्ध पेस भएको रिटमा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजलासले शुक्रबार सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो । 

सुकुमवासी बस्तीमा बसोबास गर्दै आएका गोपाल रनपहेली, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र माजिद अन्सारीसमेतले दायर गरेको रिटमा सर्वोच्चले दोस्रो सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरेको हो । विस्तृत आदेश केहीबेरमा आउने सर्वोच्च अदालतले जनाएको छ । 

दुर्गा दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully