सर्वोच्चमा पेसी तोक्न ढिलाइ, न्यायाधीशहरू छलफलमा

यसअघि प्रायः साढे ९ बजे तिर पेसीका लागि गोला तानिने भए पनि आज भने ११ बजेसम्म पनि पेसी तोकिएको छैन।

वैशाख २५, २०८३

दुर्गा दुलाल

Supreme Court delays assigning cases, judges in discussion

काठमाडौँ — सर्वोच्च अदालतमा पेसी तोक्न ढिलाइ भएको छ। यसअघि प्रायः साढे ९ बजे तिर पेसीका लागि गोला तानिने भए पनि आज भने ११ बजेसम्म पनि पेसी तोकिएको छैन।

बिहीबार संवैधानिक परिषद्ले यसअघिको वरिष्ठ न्यायाधीशलाई नै प्रधानन्यायाधीश बनाउने परम्परा तोड्दै चौथो वरीयतामा रहेका मनोज शार्मालाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेपछि अहिले न्यायाधीशहरू छलफलमा बसेका छन्।

सर्वोच्च अदालत प्रशासन स्रोतका अनुसार गोला तान्नका लागि जुटेका न्यायाधीशहरूको छलफल अहिलेसम्म लम्बिएको हो।

दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully