प्रधानन्यायाधीशमा शर्मा सिफारिसविरुद्धको रिट सर्वोच्च प्रशासनद्वारा दर्ता अस्वीकार

सर्वोच्च प्रशासनले पेस भएको तीनवटा रिटलाई दर्ता गर्न अस्वीकार गरेको हो ।

वैशाख २५, २०८३

दुर्गा दुलाल

Supreme Court administration rejects registration of writ petition against Sharma's recommendation for Chief Justice

काठमाडौँ — प्रधानन्यायाधीशमा मनोज शर्माको सिफारिसविरुद्ध सर्वोच्च अदालतमा पेस भएको रिट दरपीठ भएको छ । 

सर्वोच्च प्रशासनले पेस भएको तीनवटा रिटलाई दर्ता गर्न अस्वीकार गरेको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु गीता थापा र प्रेमराज सिलवालले पेस गरेको रिटलाई दर्ता गर्न अस्वीकार गरेको हो । उनीहरुले संवैधानिक परिषद्‌ले बिहीबार वरीयता मिचेर गरेको निर्णय बदर हुनुपर्ने माग गर्दै रिट पेस गरेका थिए । 

प्रशासनले दरपीठ गरेपछि आफूहरु सोमबार इजलासमा निवेदन दिने रिट निवेदकमध्येका एक त्रिपाठीले बताए । संवैधानिक परिषद्‌ले चौथो वरीयतामा रहेका शर्मालाई ३३ औं प्रधानन्यायाधीशको रुपमा सिफारिस गरेको थियो ।

दुर्गा दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully