सरकारका प्रवक्ताको दाबी- प्रधानन्यायाधीशमा शर्माको सिफारिस कार्यक्षमताका आधारमा

उनले राजनीतिको प्रभावमा नपरेका र कार्यक्षमतामा अब्बल भएकाले उनलाई सो पदमा सिफारिस गर्ने निर्णय गरिएको जवाफ दिए।

वैशाख २५, २०८३

इकान्तिपुर डेस्क

Government spokesperson claims - Sharma's recommendation for Chief Justice based on performance

काठमाडौँ — सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले संवैधानिक परिषद्ले कार्यक्षमतालाई मुख्य आधार बनाएर प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मालाई सिफारिस गरेको दाबी गरेका छन्।

वरियताक्रम मिचेर चौथो वरीयताका न्यायाधीश शर्मालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेको भन्दै आलोचना भइरहेका बेला उनले राजनीतिको प्रभावमा नपरेका र कार्यक्षमतामा अब्बल भएकाले उनलाई सो पदमा सिफारिस गर्ने निर्णय गरिएको जवाफ दिए।

‘योपटक सम्भवतः पहिलो पटक प्रधानन्यायाधीशको सिफारिसचाहिँ मुद्दा फर्स्योटको हिसाबलाई एउटा इन्डिकेटरका रूपमा लिएर गरेका छौं,’ शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उनले भने, ‘यो पनि एकदमै परफेक्ट पद्धति हो भन्न खोजेको होइन। तर अहिलेसम्मको इतिहास हेर्दाखेरि उहाँहरूको कार्यक्षमताका हिसाबले सिफारिस गरिएको पहिलो पटक हो। यसलाई क्रमबद्ध रूपमा सुधार गर्दै अझ राम्रो प्रक्रिया बनाउँदै जानुपर्छ। तर अहिलेसम्मकै सबैभन्दा राम्रो प्रक्रिया अहिले नै भएको हो भन्ने हामीलाई लाग्छ।’

प्रवक्ता पोखरेलले कार्यक्षमताका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरिएको नेपालको इतिहासमै पहिलो पटक भएको दाबी पनि गरे।

इकान्तिपुर

Link copied successfully