विभिन्न आठ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि आवेदन आह्वान

इच्छुक तथा योग्य व्यक्तिले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा रहेको लिंकमार्फत आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ ।

वैशाख २५, २०८३

इकान्तिपुर डेस्क

Applications invited for the appointment of Vice-Chancellors at eight different universities

काठमाडौँ — सरकारले विभिन्न आठ विश्वविद्यालयका रिक्त उपकुलपति पदमा नियुक्तिका लागि आवेदन आह्वान गरेको छ ।

‘विभिन्न विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले शुक्रबार एक सूचना जारी गर्दै आवेदन आह्वान गरेको हो ।

समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयका उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको हो ।

इच्छुक तथा योग्य व्यक्तिले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा रहेको लिंकमार्फत् आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ ।

उपकुलपति छनोटसम्बन्धी कार्यविधिसमेत मन्त्रालयको वेबसाइटमा राखिएको बताइएको छ ।

सरकाले अध्यादेशमार्फत् यसअघिका सरकारले  नियुक्त गरेका करिब १५ सयको नियुक्ति खारेज गरिदिएपछि सबै विश्वविद्यालयहरुमा उपकुलपति लगायतका पदाधिकारी खाली रहेका छन्।

शिक्षा मन्त्री सस्मित पोखरेलको नेतृत्वमा बनेको सिफारिस समितिमा  शिक्षा सचिव चुडामणि पौडेल  र राष्ट्रिय योजना आयोगमा शिक्षा हेर्ने सदस्य रेसु अर्याल ढुगाना सदस्य रहेका छन्। 

इकान्तिपुर

Link copied successfully