प्रधानन्यायाधीश सिफारिसमा तोडियो वरिष्ठताको परम्परा 

वालेन्द्र शाह नेतृत्वमा बसेको संवैधानिक परिषद्‌ले सर्वोच्च अदालतको चौथो वरीयतामा रहेका शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरेको हो ।

वैशाख २४, २०८३

दुर्गा दुलाल

The tradition of seniority was broken on the recommendation of the Chief Justice.

काठमाडौँ — सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिसमा विगतको परम्परा तोडिएको छ । 

संवैधानिक परिषद्‌ले वरिष्ठतम् न्यायाधीशलाई प्रधानन्यायाधीश सिफारिस गर्ने गरेको थियो । तर वालेन्द्र शाह नेतृत्वमा बसेको संवैधानिक परिषद्‌ले सर्वोच्च अदालतको चौथो वरीयतामा रहेका मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरेको हो । 

शर्माभन्दा माथि सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयाँल थिए । यसअघि एक पटक स‌ंसदीय सुनुवाइ समितिले दिपकराज जोशीको नाम अस्वीकृत गरेको थियो । उनी संवैधानिक परिषद्‌बाट भने सिफारिस भएका थिए । 

The tradition of seniority was broken on the recommendation of the Chief Justice.प्रधानन्यायाधीशमा सिफारिस मनोजकुमार शर्मा

तत्कालीन प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अवकाश पाएपछि वरिष्ठताका आधारमा सपना प्रधान मल्लले कामु प्रधानन्यायाधीशको रुपमा सर्वोच्चको नेतृत्व गर्दै आएकी छिन् ।

२००८ सालमा प्रधान न्यायालयबाट सुरु भएको अदालती अभ्यास २०८३ सम्म आइपु्ग्दा ३३ औं नेतृत्व पाउन लागेको हो ।

परिषद्को सिफारिसपछि संसदीय सुनुवाइ समितिले सुनुवाइ गर्नेछ । समितिले सुनुवाइबाट अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीशको रुपमा नियुक्त गर्नेछन् । सुनुवाइका लागि केही समय लाग्ने छ । 

दुर्गा दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully