न्यायाधीश शर्माको यात्रा :अतिरिक्त हुँदै प्रधानन्यायाधीश सिफारिससम्म 

प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा बिहीबार बसेको परिषद्‌को बैठकले शर्माको नाम सिफारिस गरेको हो ।

वैशाख २४, २०८३

दुर्गा दुलाल

Justice Sharma's journey: From additional to recommendation as Chief Justice

काठमाडौँ — संवैधानिक परिषद्‌ले सर्वोच्च अदालतको ३३ औं प्रधानन्यायाधीशको रुपमा मनोजकुमार शर्माको नाम सिफारिस गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा बिहीबार बसेको परिषद्‌को बैठकले शर्माको नाम सिफारिस गरेको हो । 

शर्माको जन्म २०२७ असार ४ गते (सन् १९७० जुन १८) मा पर्साको वीरगन्जमा भएको हो। उनले काठमाडौंस्थित नेपाल ल क्याम्पसबाट बीएल तथा भारतको पुणे विश्वविद्यालयबाट एलएलएम उपाधि प्राप्त गरेका छन् ।   

उनले त्रिभुवन विश्वविद्यालयबाट श्रम कानुन विषयमा विद्यावारिधि प्राप्त गरेका छन् ।   

उनी २०५२ मा अधिवक्ताका रूपमा दर्ता भई वकालतमा सक्रिय छन् । उनले विभिन्न कम्पनी तथा संस्थाहरूलाई कानुनी परामर्श पनि प्रदान गरेका छन् ।  

२०७० जेठ २७ देखि २०७२ मंसिर २६ सम्म बुटवल र पाटनस्थित पुनरावेदन अदालतमा अतिरिक्त न्यायाधीशका रूपमा कार्य गरेको अनुभव उनीसँग छ।  

उनी ६ वैशाख २०७६ मा सर्वोच्च अदालतको स्थायी न्यायाधीश नियुक्त भएका थिए । त्यसको पाँच वर्षपछि उनी सर्वोच्चको प्रधानन्यायाधीशमा सिफारिस भएका हुन् ।

दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully